गाडी दुर्घटनामा मेयरसहित ७ जना घाइते 

खरीबोट

रुकुम । पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा गाडी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते मेयर शर्माको अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । गाडीमा सवार अन्य ६ जना पनि घाइते भएका छन् । घाइते हुनेहरुमा वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ ।

मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।
 

सम्बन्धित समाचार

गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

रुकुम ।  रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  कार्यपालिका सदस्य

रुकुममा कम्प्युटर सिक्दै जनप्रतिनिधि

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक

भिरबाट लडेर महिलाको मृत्यु

रुकुम ।पूर्वी रुकुम सिन्ने गाउँपालिका–८ मा भिरबाट लडेर आज एक महिलाको मृत्यु भएको छ ।  घर नजिकै घाँस काट्न गएकी स्थानीयवासी ३३ वर्षीया गौमती नाथको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रवीणलाल

रुकुममा जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

रुकुम । पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नंंको जिप केहीबेरअघि बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य छ यात्रु गम्भीर घाइते भएको