प्रदेश राजधानी हेटौँडाबाट नसार्न मुख्यमन्त्रीलाई देउवाको आग्रह

खरीबोट
ad

हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि अनुरोध गरेका छन् । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि आज नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । 

यसैबीच नेता देउवाले हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा स्थानीयवासीको जनसहयोगमा निर्माण हुने शिव मन्दिरको आज शिलान्यास गरे । विभिन्न संघसंस्था र स्थानीय जनसहयोग गरी करीब रु ११ लाखको लागतमा मन्दिर बन्ने स्थानीय समाजसेवी माधव पराजुलीले जानकारी दिए ।
 

सम्बन्धित समाचार

प्रदेश ३ को ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

हेटौडा । प्रदेश नं. ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५-०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ ।  प्रदेशसभा बैठकमा

प्रदेश ३ सरकारको बजेट असार १ गते सार्वजनिक हुने

हेटौँडा / प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।  आर्थिक मामिला तथा

प्रदेश ३ को नीति आयोगको उपाध्यक्षमा डा देवकोटालाई नियुक्ति

हेटौँडा । प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटालाई नियुक्ति गरेको छ ।  यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने

प्रदेशका आर्थिक क्षमतामा ठूलो अन्तर, प्रदेश ३ को आर्थिक हैसियत ठुलो र कर्णालीको सबैभन्दा सानो

काठमाडौँ । देशका सात प्रदेश कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत अंशको अन्तर ठूलो रहेको छ ।  सबै तहका सरकारले मातहतका क्षेत्रभित्र दिगो आर्थिक तथा सामाजिक विकासका कार्यहरु अघि बढाउन आवश्यक नीतिहरु तर्जुमा लागि नेपाल