सिटिजन्स बैंकद्वारा जन उदय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

खरीबोट
ad

काठमाडौं ।“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले जन उदय माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । 

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो ।  

एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक लाखको चेक विद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन्  । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले समाजमा राम्रा र नराम्रा दुवै प्रकृतिका मानिसहरु हुन्छन तर एक शिक्षित मानिसको जिम्मेवारी भनेको समाजमा रहेका खराब मानिसलाई आफ्नो समिपमा राखेर असल मानिसमा परिणत गर्नु हो भन्ने सारगर्भित विचार व्यक्त गरे । उनले मानिसमा उद्यमशिलताको  विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिए । एक प्रसङ्गमा बोल्दै प्रमुखकार्यकारी अधिकृत भण्डारीले  सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने कुरामा जिकिर गरे र गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्रन्द खेप्नु परेको कुरा व्यक्त गरे । 

उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए । अब आउने निकट भविष्यमा बैंकले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गरायेका थिए ।
 

सम्बन्धित समाचार

सिटिजन्स बैंक र मेडिसिटी अस्पतालबीच सहकार्य 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पताल, भैसेपाटीबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित

सिटिजन्स बैंकद्वारा जन उदय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं ।“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले जन उदय माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध

सिटिजन्स बैंकद्वारा हकुना माटाटालाई  आर्थिक सहयोग प्रदान

काठमाडौं । “योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै  आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,

सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । दुुवै संस्थाले बैंकास्योरेन्ससम्बन्धी सम्झौता गरेका हुुन् ।  उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी