महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी

खरीबोट

फाइल तस्बीर

ad

पथरी, मोरङ ।  मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । 

आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुँदा समस्या भएको हो । 

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाए । 

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाए । उनले भने– “मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।” 

खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गरेका छन् । उनले हाल २५ घार मौरी पालेका छन् । गत वर्ष पाँच क्विन्टल मह उत्पादन गर्नुभएका खड्काले भने–“४ क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।” 

अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो । 

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउछन् । 

प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।

सम्बन्धित समाचार

जनप्रतिनिधि फलोअप काठमाडौँ महानगर वडा नम्बर ५ :  फोहोरमैलाको व्यवस्थापन प्रमुख समस्या  

काठमाडौँ  ।  काठमाडौँ महानगरपालिकाका ३२ वडा मध्येको मझौला वडाको रुपमा  वडा नम्बर ५ रहेको छ ।  यस वडामा कालोपुल, ज्ञानेश्वर, बालमन्दिर , टंगाल, मालिगाउँ, हाँडिगाउँ,  भत्केकोपुल, बिशालनगर, पञ्चेधारा,भाटभटेनी , टंगाल  लगाएतका

सलमानको ‘दबंग टुर’ को टिकट काटेकालाई अपराध महाशाखा टेकुमा सम्पर्क राख्न आग्रह 

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको दबंग टुर हेर्न तिक्त काटेका सर्वसाधारणलाई महानगरीय अपराध महाशाखा सम्पर्क राख्न महाशाखाले अनुरोध गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सलमान खानको शो गर्ने

ऋण तिर्न नसक्दा एउटै परिवारका ६ जनाले गरे आत्महत्या 

दक्षिण एसिया । भारतको राजधानी नयाँ दिल्लीको बुराडी आत्महत्या सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको अर्को सामूहिक आत्महत्या भएको छ । हजारीबाग जिल्लाका एक परिवारका ६ जनाले सामूहिक आत्महत्या गरेको भारतीय मिडियाले

सेरेनालाई हराउदै विम्बल्डनको महिलातर्फ उपाधि जर्मनीकी एञ्जेलिक कर्वरले जितिन् 

काठमाडौँ । विम्बल्डनको महिलातर्फ यस बर्षको उपाधि जर्मनीकी एञ्जेलिक कर्वरले जितेकी छन् । सात पटककी विजेता सेरेना विलियम्सलाई २–० को सोझो सेटमा हराउँदै ३० वर्षीय कर्वरले उपाधि जिटेकी हुन् ।  विम्बल्डनको उपाधि