• २०८१ बैशाख ७ शुक्रबार

बुण्डेसलिगामा भयो रोचक घटना, हाफ टाइममा खेलाडीलाई बोलाएर दिइयो पेनाल्टी 

kharibot

काठमाडौँ । फुटबलमा कहिले काही रोचक घटना हुने गर्दछन । यसैबीच जर्मनी लिग बुण्डेसलिगामा गएराती एक रोचक घटना भएको छ । 

मेइन्ज र फ्रेइबर्गबीचको खेलमा हाफ टाइम भएपछि खेलाडीहरु मैदान छोडेर ड्रेसिङ रुममा गएपछि रेफ्रीले अचानक खेलाडीहरुलाई मैदानमा बोलाए । रेफ्री गुइडो विङ्कम्यानले दुवै टिमलाई मैदानमा बोलाएर मेइन्जलाई पेनाल्टीको अवसर दिए र मिडफिल्डर पाब्लो डी ब्लासिसले मेइन्जका लागि गोल गरे । 

‘भिडियो एसिस्टेन्ट रेफ्री’ प्रविधिको धेरै स्थानमा आलोचना भइराखेको समयमा बुण्डेसलिगाको खेलमा पनि समयमा निर्णय दिन नसक्दा यस्तो घटना भएको छ ।

फ्रेइबर्गका खेलाडीको ह्याण्डबल भएको पत्ता लाग्न समय लागेपछि रेफ्रीले ड्रेसिङ रुम पुगिसकेका खेलाडीलाई मैदानमा बोलाएका हुन् । यस घटनाको फुटबल जगतमा आलोचना भएको छ ।

रेफ्रीको यस्तो निर्णयको फाइदा भने मेइन्जलाई भएको छ । यस खेलमा ७८औं मिनेटमा पनि ब्लासिसले अर्को गोल गर्दै मेइन्जलाई २–० को जित दिलाए र टिमलाई रेलिगेशन जोनबाट बाहिर निकालेका छन् ।

बुण्डेसलिगामा मेइन्ज ३० खेलमा ३० अंकसहित लिगको १५औ स्थानमा रहेको छ भने फ्रेइबर्ग पनि ३० अंकसहित गोलअन्तरको अधारमा १६औ स्थानमा रहेको छ  ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै