बुण्डेसलिगामा भयो रोचक घटना, हाफ टाइममा खेलाडीलाई बोलाएर दिइयो पेनाल्टी 

खरीबोट
ad

काठमाडौँ । फुटबलमा कहिले काही रोचक घटना हुने गर्दछन । यसैबीच जर्मनी लिग बुण्डेसलिगामा गएराती एक रोचक घटना भएको छ । 

मेइन्ज र फ्रेइबर्गबीचको खेलमा हाफ टाइम भएपछि खेलाडीहरु मैदान छोडेर ड्रेसिङ रुममा गएपछि रेफ्रीले अचानक खेलाडीहरुलाई मैदानमा बोलाए । रेफ्री गुइडो विङ्कम्यानले दुवै टिमलाई मैदानमा बोलाएर मेइन्जलाई पेनाल्टीको अवसर दिए र मिडफिल्डर पाब्लो डी ब्लासिसले मेइन्जका लागि गोल गरे । 

‘भिडियो एसिस्टेन्ट रेफ्री’ प्रविधिको धेरै स्थानमा आलोचना भइराखेको समयमा बुण्डेसलिगाको खेलमा पनि समयमा निर्णय दिन नसक्दा यस्तो घटना भएको छ ।

फ्रेइबर्गका खेलाडीको ह्याण्डबल भएको पत्ता लाग्न समय लागेपछि रेफ्रीले ड्रेसिङ रुम पुगिसकेका खेलाडीलाई मैदानमा बोलाएका हुन् । यस घटनाको फुटबल जगतमा आलोचना भएको छ ।

रेफ्रीको यस्तो निर्णयको फाइदा भने मेइन्जलाई भएको छ । यस खेलमा ७८औं मिनेटमा पनि ब्लासिसले अर्को गोल गर्दै मेइन्जलाई २–० को जित दिलाए र टिमलाई रेलिगेशन जोनबाट बाहिर निकालेका छन् ।

बुण्डेसलिगामा मेइन्ज ३० खेलमा ३० अंकसहित लिगको १५औ स्थानमा रहेको छ भने फ्रेइबर्ग पनि ३० अंकसहित गोलअन्तरको अधारमा १६औ स्थानमा रहेको छ  ।
  
 

सम्बन्धित समाचार

विश्व फुटबलमा मेसी र रोनाल्डोको राज तोड्दै लुका मोड्रीच !

काठमाडौँ । विश्वकप फाइनलको समीकरण पुरा भएसँगै अभ विश्व फुटबलमा रोनाल्डो र मेसीको युग समाप्त भएको चर्चा चल्न थालेको छ ।  फ्रान्सका युवा खेलाडी किलीयन एम्बाप्पेलाई अब फुटबलको नयाँ सुपरस्टारको रुपमा

फिफाद्वारा इङल्याण्डको फुटबल टिमलाई ७७ लाख ५७ हजार जरिवाना 

काठमाडौँ । फिफाले इङल्याण्डको फुटबल टिमलाई ७० हजारस्विस फ्र्यांक ७७ लाख ५७ हजार नेपाली रुपैया जरिवाना लगाएको छ ।  विश्वकपका खेलमा इङल्याण्डका खेलाडीहरु डेल अली, इरिक डायर र रहिम स्टरलिङले फिफाले

क्रोसिया विश्वकप फुटबलको सेमिफाइनलमा, पेनाल्टी सुटआउटमा आयोजक रसिया पराजित

काठमाडौं । क्रोसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकपको क्वाटरफाइनलमा पेनाल्टी सुटआउट आयोजक रसियालाई ४-३ गोल अन्तरले पराजित गर्दै क्रोसिया विश्वकपको सेमिफाइनलमा पुगेको हो । रसियाका २ र क्रोसियाका एक खेलाडीले

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा, उरुग्वे २-० ले पराजित

काठमाडौँ । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकपको क्वाटरफाइनल खेलमा उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको छ । फ्रान्सका लागि राफेल भेरान र