कटुवा पेस्तोलसहित दुईजना पक्राउ

खरीबोट

नेपालगन्ज ।  बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ । 

नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो । 

आरोपीबाट प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । 

कोहलपुर–नेपालगञ्जको सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो । 

सम्बन्धित समाचार

ठमेल ज्याठाबाट पेस्तोल र गोलीसहित एक पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीले ठमेल ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित मकवानपुर घर

तीन कटुवा पेस्तोलसहित मकवानपुरमा एक व्यक्ति पक्राउ 

हेटौडा । मकवानपुर प्रहरीले तिन पेस्तोल र हजारौ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको लेबट प्रहरी चौकीबाट खटिएर गयेरका प्रहरीबाट सवारी चेकजांचका क्रममा हेटौडा आउदै गरेको बसबाट चेकजाँच

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

नेपालगन्ज ।  बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ ।  नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार

गणेश लामा पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ

काठमाडौँ । प्रहरीले गणेश लामालाई पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौंको गौशालास्थित पशुपति भिजन होटलबाट लामालाई प्रहरीले पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो । सो होटलमा गोलि चलेपछि प्रहरी