• २०८१ बैशाख ११ मंगलबार

हार्वी यौन शोषण प्रकरण बाहिर ल्याएको न्युयोर्क टाइम्सले पायो यस बर्षको पुलित्जर पुरस्कार 

kharibot

वाशिंटन । यस वर्षको पुलित्जर पुरस्कार न्युयोर्क टाइम्सको द न्यु योर्कर पत्रिकाले पाएको छ । 

दुवै पत्रिकाले हलिवुडमा फिल्म निर्माता हार्वी वाइन्सटाइनले अभिनेत्रीहरुलाई गरेको यौन शोषणको रिपोर्टिंगका लागि सो प्रतिष्ठित पुरस्कार दिइएको हो । 

हार्वीको यौन शोषण एक पछि अर्को गर्दै खुल्दै गएपछि यसले एक अभियानको रुप लिएको थियो । यसै घटनाको विरोधमा विश्वभर ‘मी टू’ नामक अभियान चलेको थियो ।

गत अक्टोबरमा पहिलो पटक न्युयोर्क टाइम्सले हर्वीको यौन शोषणको मामला सार्वजनिक गरेपछि यस प्रकरणले हलिवुडलाई ठुलो झड्का दिएको थियो । ६६ बर्षिय हार्वीलाई उनको कम्पनिबाट मात्र निकालिएन उनलाई मानसिक रोगीको संज्ञा दिदै पुनरुत्थान केन्द्रमा समेत लागिएको थियो । तर उनले भने अभिनेत्रीहरुसँग उनीहरुकै मर्जीले सेक्स गरेको बताउदै आएका थिए ।

त्यस्तै राष्ट्रिय रिपोर्टिंगमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा गरेको रिपोर्टिंगका लागि वाशिंगटन पोस्ट र न्युयोर्क टाइम्सलाई संयुक्त रुपमा पुलित्जर पुरस्कार दिइएको छ ।  

अमेरिकाको सबैभन्दा प्रतिष्ठित पुरस्कार पुलित्जरलाई मानिन्छ । १९१७ मा स्थापना गरिएको पुलित्जर पुरस्कार जोसेप पुलित्जरले स्थापना गरेका हुन् ।  विभिन्न २० विधामा दिइने यस पुरस्कारका विजेतालाई १५ हजार डलर पुरस्कार दिइन्छ भने सार्वजनिक सेवा विधा का विजेतालाई भने गोल्ड मेडल दिइन्छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै