पार्टीभित्र निष्ठा र नैतिकताको आन्दोलन जरुरी–नेता पौडेल

खरीबोट

पोखरा ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टी पराजय भएकोे बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश कार्यसमिति– ४ द्वारा सोमबार यहाँ आयोजित पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीभित्र निष्ठा र नैतिकताको आन्दोलन जरुरी भएको बताए । 

वरिष्ठ नेता पौडेलले पार्टीभित्रको अन्र्तघात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताउँदै पार्टीभित्र अनुशासन कायम राख्न अन्र्तघात गर्नेलाई क्षमा दिन नहुने धारणा व्यक्त गरे । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले काँग्रेस आन्तरिक रुपमा संगठन मजबुत गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । 

नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल पोखरेल, संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, संघका प्रदेश नं ४ समितिका अध्यक्ष शिव शर्मा अधिकारी, सदस्य सुरेश कुमार श्रेष्ठ, कास्की अध्यक्ष डार्विन लम्साल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रदेश नं ४ का प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, विन्दु थापा, संघका उपाध्यक्ष उत्तम कटुवाल र नेता राजेन्द्र बुढाथोकीलगायत पार्टीको आन्तरिक अनुशासन सशक्त र सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

सम्बन्धित समाचार

स्वर्गीय ठकुरी काँग्रेसका सच्चा सिपाही : सभापति देउवा 

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता स्वर्गिय चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाई भएको बताएका छन् । चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको

काँग्रेसका ६ युवानेताको दस्तावेज : तत्काल महासमिति र महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर !  

काठमाडौं । नेपाली काँग्रेसका ६ जना युवा नेताहरुको समूहले यथाशीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तावेज पेश गरेका छन् । यसरी संयुक्त दस्तावेज पेश गर्ने युवा नेताहरुमा गगन

काँग्रेस बैठक : नेतृत्वको आलोचना मात्र गरेर कार्यकर्तामा निराशा नल्याउन आग्रह 

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको नेतृत्वको आलोचना मात्र गरेर आम कार्यकर्तामा निराशा नल्याउन आग्रह गरेका छन् । जारी बैठकमा विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा

नेविसंघमा विवाद, २४ घन्टे अल्टिमेटम दिदै ५ उपाध्यक्षको देउवालाई ध्यानआकर्षण  

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका ५ उपाध्यक्षले संघको नेतृत्वको विरोध गर्दै पार्टी सभापति देउवालाई २४ घन्टे अल्टिमेटमसहितको ध्यानआकर्षण पत्र बुझाएका छन् । नेविसंघका ५ उपाध्यक्ष प्रकाश राना, खड्क