राजपा संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख

खरीबोट

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । 

संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि सघन उपचार कक्षमा राखिएको उनका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले जानकारी दिए । 

हाल संयोजक ठाकुरको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र भोलिसम्ममा सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिने स्वकीय सचिव मिश्रले बताए । 

संयोजक ठाकुर उपचारका लागि गत चैत २७ गते भारत गएका थिए ।
 

सम्बन्धित समाचार

जन्मेकै दिन फुट्यो राजपा, ३३ जना केन्द्रीय नेताले बनाए राजपा – लोकतान्त्रिक 

काठमाडौं । मधेसवादी दल राष्ट्रिय जनता नेपाल (राजपा) फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका

राजपा संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।  संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि

संविधान संशोधन हुनुपर्छ, हामी अहिले सरकारमा जाँदैनौं : महेन्द्र राय यादव

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरुको मुख्य मुद्दा भनेको नै संविधान संशोधन भएकोले सो नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् ।  यादवले यो सरकारसँग विश्वास

राप्रपा र राजपाले प्रधानमन्त्री ओलीलाई मत दिने, फोरमले आजै निर्णय लिने

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले लिने विस्वासको मतको पक्षमा मत दिने राप्रपाले जनाएको छ ।  पार्टीका प्रवक्ता भुवन पाठकले