कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

खरीबोट

काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ । 

कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले सो मापदण्ड तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । 

स्थानीय तहको आन्तरिक संगठन संरचना र कर्मचारी दरबन्दी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भए पनि कर्मचारी पठाउनका लागि मापदण्ड तयार पारेको हो । 

मापदण्डअनुसार निजामती कर्मचारीलाई स्थानीय तहमा खटाउँदा नेपाल सरकारबाट स्वीकृत स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीको आधारमा स्थानीय तहको रिक्त पदमा खटाउने भएको छ । 

यस्तै कार्यरत पदको ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा, स्थायी बसोबास रहेको स्थानीय तहमा पनि कर्मचारीलाई खटाउने, प्रदेशका केन्द्र वा जिल्ला सदरमुकाम स्थायी ठेगाना भएका कर्मचारीलाई सो प्रदेश वा जिल्लाभित्र कुनै पनि स्थानीय तहमा खटाउने मापदण्डमा उल्लेख छ । 

यसैगरी आफूले चाहेको ठाउँमा कर्मचारी बढी हुन गएका खण्डमा नजिकैको स्थानीय तहमा जान पाउने व्यवस्थासमेत गरिएको छ । मापदण्डमा निजामती कर्मचारीको पतिपत्नीलाई एउटै स्थानीय तहमा खटाउनेसमेत भएको छ । यसअघिको निजामती नियमावलीमा पनि सो व्यवस्था रहेको थियो । 

यसैगरी एक वर्षभन्दा कम उमेरका शिशु भएका महिलालाई वा कडा रोग लागेको कर्मचारीले आफूले रोजेको स्थानीय तहमा पाउने व्यवस्थासमेत गरिएको छ । 

प्रवक्ता तामाङले चाँडै नै मापदण्डअनुसार कर्मचारीलाई खटाइने बताए । स्थानीय तहमा करीव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ ।
 

सम्बन्धित समाचार

तीन दिनभित्र कर्मचारीको विवरण पठाउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौँ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।  स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय

जिससका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन मन्त्रालयको निर्देशन

काठमाडौँ  ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिमा कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।  मन्त्रालयले स्थानीय तहमा कर्मचारीको अभाव भएपछि

मन्त्रालयले खटायो १८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ ।  मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका

स्वेच्छिक अवकासको प्रक्रिया शुरु

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु गरेको छ ।  मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना