• २०८१ बैशाख ४ मंगलबार

पेट्रोलियम पदार्थको मुल्य बढ्यो 

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । 

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई-दुई रुपैयाँ बढाएको छ ।

बढेको मूल्य अनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १०६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । 

निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य दुई रुपैयाँले बढाएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ । बढेको मुल्य राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै