नेपाली फिल्ममा बक्स अफिस प्रणाली लागु हुदै, पहिलो चरण बैशाख १० गतेदेखि सुरु हुने

खरीबोट

काठमाडौँ । उपत्यकामा संचालित सिंगल थिएटरहरुमा बर्ष ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ-टिकेटिङ सिष्टम लागु हुने भएको छ ।

मल्टीप्लेक सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि ब्एक्ष् प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ । 

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो सात देखि बक्स अफिस लागु गर्ने  पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ । जस अनुरुप चावहिल स्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ । गोपीकृष्णसंगै कोटेश्वर जडीबुटीस्थित पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गतेदेखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ ।

केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउंनुहुने दर्शकहरुले इ-टिकेटिङ सिष्टमबाट टिकट काट्नु हुनेछ, परिक्षण समय पत्रकाहरुसँग बोल्दै बोध्यक्ष पौडेलले बताइन् ।

हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५-०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाली अनिवार्य लागु हुनेछ । जसका लागि उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम चलिरहेको छ । आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरहरुलाई बोर्ड सहयोग पनि गर्ने भनिएको छ र गरिने अध्यक्ष पौडेलले थपिन् ।

सम्बन्धित समाचार

बलिवुडमा एकपछि अर्को ६ फिल्म लिएर आउदै शाहरुख, बक्स अफिसमा नयाँ रेकर्ड बनाउने तयारी 

मुम्बई । बलिवुडका किङ खान शाहरुख खान एक पटक फेरी बक्स अफिसमा राज गर्ने योजनाका साथ ६ फिल्ममा काम गरिरहेका छन् ।  पछिल्लो समय सलमान खान र आमिर खानको तुलनामा शाहरुख

नेपाली फिल्ममा बक्स अफिस प्रणाली लागु हुदै, पहिलो चरण बैशाख १० गतेदेखि सुरु हुने

काठमाडौँ । उपत्यकामा संचालित सिंगल थिएटरहरुमा बर्ष ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ-टिकेटिङ सिष्टम लागु हुने भएको छ । मल्टीप्लेक सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले

बक्स अफिसमा टाइगरको जादु, आइतबार मात्र कमायो २७ करोड 

बलिउड । अभिनेता टाइगर श्राफको फिल्म बागी २ भारतीय बक्स अफिसमा राम्रो कमाई गरेको छ ।  फिल्मले भारतीय बक्सअफिसमा आइतबार मात्र २७ करोड ६० लाखको व्यापार गरेको छ । फिल्म समिक्षक

बक्स अफिसमा जम्दै अजय देवगनको फिल्म ‘रेड’

मुम्बई । बलिवुड अभिनेता अजय देवगनको फिल्म रेडले पहिलो तीन दिनमा भारतीय बक्स अफिसमा ४१ करोडको व्यापार गरेको छ । शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन साढे १० करोड भारतीय