• २०८१ बैशाख ७ शुक्रबार

नेपाली फिल्ममा बक्स अफिस प्रणाली लागु हुदै, पहिलो चरण बैशाख १० गतेदेखि सुरु हुने

kharibot

काठमाडौँ । उपत्यकामा संचालित सिंगल थिएटरहरुमा बर्ष ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ-टिकेटिङ सिष्टम लागु हुने भएको छ ।

मल्टीप्लेक सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि ब्एक्ष् प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ । 

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो सात देखि बक्स अफिस लागु गर्ने  पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ । जस अनुरुप चावहिल स्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ । गोपीकृष्णसंगै कोटेश्वर जडीबुटीस्थित पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गतेदेखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ ।

केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउंनुहुने दर्शकहरुले इ-टिकेटिङ सिष्टमबाट टिकट काट्नु हुनेछ, परिक्षण समय पत्रकाहरुसँग बोल्दै बोध्यक्ष पौडेलले बताइन् ।

हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५-०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाली अनिवार्य लागु हुनेछ । जसका लागि उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम चलिरहेको छ । आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरहरुलाई बोर्ड सहयोग पनि गर्ने भनिएको छ र गरिने अध्यक्ष पौडेलले थपिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै