• २०८१ बैशाख ८ शनिबार

लुक्लामा विमान दुर्घटनाबाट जोगियो 

kharibot

फाइल तस्बीर

सोलुखुम्बु ।  सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना हुनबाट जोगिएको छ ।

समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो । अवतरणका क्रममा रन वेमा हिँड्दै गर्दा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जानकारी दिएको छ ।

रन वेमा केही दूरी पार गरेपछि जहाजको टायर लक भएको विमानस्थलका कर्मचारीले जानकारी दिए । 

विमान ओभरलोडका कारण अवतरणका क्रममा विमानमा समस्या देखिएको बताइएको छ । रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज पार्किङस्थलमा पुर्याएका थिए । घटनाबारे समिट एयरले भने कुनै जानकारी दिएको छैन । 

रन वेमा हिँड्दै गर्दा जहाजमा समस्या आएपनि दुर्घटना टरेको विमानस्थलले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै