घुस लिने ट्राफिक प्रहरीविरुद्ध आरोपपत्र दायर

खरीबोट

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई नियन्त्रणमा लिएको जनाएको छ । 

आयोगको टोलीले प्रहरी जवान श्रेष्ठलाई घुससहित र सोही विषयसँग सम्बन्धित बाग्लुङका मुस्तकिम मियाँ र सलामद्दिन मियाँलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरुले कसुर गरेको ठहरिएको जनाएको छ । 

आयोगले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग दाबी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । 

सम्बन्धित समाचार

विद्युत प्राधिकरणका दुई कर्मचारी घुसहित पक्राउ

महोत्तरी, गौशाला ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् ।  थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार

आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक घुससहित पक्राउ 

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक, डाक्टर रामदेव यादवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ ।  आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको ३७

नापी कार्यालय उदयपुरका प्रमुख घुससहित पक्राउ

उदयपुर । नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ

विकास निर्माणमा हुने अनियमितता जाँच्न आयोगमा अत्याधुनिक प्रयोशाला

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा हुने भ्रष्टाचार तथा अनियमितताको सम्बन्धमा समेत छानबिन गर्ने भएको छ ।  विकास निर्माणका क्रममा भएका भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने लक्ष्यका साथ