निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ - सभापति देउवा

खरीबोट
ad

हेटौँडा ।  नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् । 

नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उनको भनाइ थियो । 

उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए । फरक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाए । 

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताए । 

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताए । 

सम्बन्धित समाचार

काँग्रेसको अवरोधपछि संसद बैठक साउन ३ गतेसम्मको लागि स्थगित 

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।  बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर

काँग्रेसको आजपनि संसद अवरुद्ध, नेकपाले भन्यो केही सांसद उभिदैंमा संसद अवरुद्ध हुनुहुदैन 

काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद बैठक अवरुद्ध गरेको छ ।  प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरुले आ-आफ्नो ठाउमा उठेर विरोध गरेका थिए  । काँग्रेसका सांसद

काँग्रेसको पौडेल पक्षको भेला आज हुदै 

 काठमाडौं  । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको भेला बोलाएका छन् । पछिल्लो समय पौडेल सभापति देउवासँग मिलेको समाचारहरु प्रकाशित भएपछि पौडेलले आफुपक्षका नेताहरुसँग छलफल गर्न भेला

डा केसीसम्बन्धि राष्ट्रियसभामा कांग्रेसको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ ।  जनताको प्रत्यक्ष सरोकार