प्रदेश ७ मा सरकारको नीति तथा कार्यक्रम पारित

खरीबोट

धनगढी,।  प्रदेश नं ७ को आज बसेको प्रदेशसभाको बैठकमा आव २०७४÷०७५ को बाँकी अवधिका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको छ । 

बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लद्वारा चैत २८ गतेको प्रदेशसभा बैठकमा गर्नुभएको सम्बोधनका लागि ‘यो बैठक प्रदेश प्रमुखमा धन्यवाद ज्ञापन गर्दछ’ भन्ने धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरिएको हो । 

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले साधनस्रोतको अभाव, नयाँ परिस्थिति र केन्द्रसँग समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था रहेका परिप्रेक्ष्यमा सत्ता र प्रतिपक्ष सबैको सहयोगमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पछि नपर्ने अठोट व्यक्त गरे । 

नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अधिकांश सदस्यले उठाएको प्रश्नमा मुख्यमन्त्रीले प्रदेशको भारतसँग जोडिएका सीमा नाका व्यवस्थापन गर्न र नयाँ नाका खोल्नका लागि केन्द्र सरकारसँग समन्वय गरी पहल गरिने प्रतिबद्धता गरे ।

प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ । 

सम्बन्धित समाचार

प्रदेश नम्बर ७ मा २५ अर्ब ६ करोडको बजेट सार्वजनिक

धनगढी । प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारले आव २०७५÷०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ ।  प्रदेशसभा बैठकमा प्रदेश

प्रदेश ७ को बजेटमा कृषि, पर्यटन र जलस्रोतलाई प्राथमिकता दिइने

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यस प्रदेशको आव २०७५÷७६ को बजेटमा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।  बुधबार रासससँग बजेटको पूर्वसन्ध्यामा विशेष कुराकानी

प्रदेश ७ को नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी । प्रदेश नं. ७ को सरकारको शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको ढोका

प्रदेश ७ का जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयक पारित, कसले कति पाउने भए ?

धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित गरिएको छ ।  प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले