इन्धन बोक्ने ट्यांकरबाट १६० किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

खरीबोट

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनाराबाट १ सय ६० किलो कम्प्रेस्ड गरिएको अवैध लागूऔषध गाँजा सहित २ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् ।

विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरी ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको र उनीहरु दुबैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो व्यूरोले जनाएको छ ।

यस सम्बन्धमा व्यूरोबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
 

सम्बन्धित समाचार

नक्कली पेस्तोल, छुरी तथा लागूऔषध सहित पक्राउ

काठमाडौं। भक्तपुर दुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका-११ सुन्धारा डेरा गरी बस्ने २४ वर्षीय राजकुमार के.सी.लाई मेड इन युएस जिएमएम लेखेको नक्कली पेस्तोल, धारिलो हतियार छुरी १ थान, नियन्त्रित लागूऔषध

महोत्तरीमा लागूऔषध दुव्र्यसनी बढ्दै

बर्दिवास / महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको छ ।  आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले यो जानकारी दिएको हो । गत आव २०७४÷०७५

बाँकेमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण

नेपालगञ्ज / बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।  यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक

पूर्वी नवलपरासीबाट लागूऔषधसहित चारजना पक्राउ

नवलपरासी / पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।  प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई