बाजुरामा औषधि अभाव, हैरानी खेप्दै स्थानीयवासी

खरीबोट

बाजुरा । बाजुराका नौ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकाका स्थानीयवासीहरु बिरामी हुँदा निजी मेडिकलहरुबाट औषधि किन्नु पर्ने बाध्यता टर्न सकेको छैन । 

जिल्लाका नौ स्थानीय तह रहेको बाजुरामा अधिकाँश स्थानीय निकायमा औषधि अभाव हुन थालेको छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

जिल्लाका लागि क्षेत्रीय कार्यालय र केन्द्रबाट औषधि खरिद गरेर नपठाउँदा औषधिको अभाव चुलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकार औषधि निःशुल्क पाइने भएपनि कुनै कुनै औषधि स्वास्थ्य संस्थाहरुमा उपलब्ध नभएको बिरामीहरुले गुनासो गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय बाजुरा र नौ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको पाइएको छ । औषधि चर्को अभाव दुर्गम क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा रहेको छ । 

स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएपछि बिरामीहरुले निजी क्लिनिकहरुबाट औषधि चर्काे मूल्यमा किन्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालयमा बिरामी भएर भर्ना भएकी बडीमालिका नगरपालिका ३ की तुलादेवी खड्काले दुई हजार पाँच सय भन्दा बढी रुपियाँ तिरेर निजी मेडिकलबाट औषधि किनेको गुनासो दुखेसो गरेका छन् । उनले भने – “आफू बिरामी हुँदा सबै औषधि मेडिकलबाट किनें तर, अस्पतालमा स्वास्थ्य जाँच मात्र भयो ।” स्वास्थ्य कार्यालयमा आएका अन्य बिरामीहरुको पनि औषधि मेडिकलबाट किन्नु परेको खड्काको भनाइ छ । 

“जिल्ला अस्पतालमा समेत औषधि छैन । जिल्ला अस्पतालबाट पहिले भन्दा अहिले सबै सेवा पाएको भएपनि केही औषधि अभावले समस्या पारेको बिरामीहरुले बताउने गरेका छन् । जिल्लामा केन्द्रबाट आवश्यक औषधि प्राप्त नहुँदा औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । 

जिल्ला स्वास्थ्य कार्यालयमै औषधि अभाव हुँदा जिल्लाका अन्य स्वास्थ्य चौकीमा पनि औषधिको अभाव भएको छ । अस्पतालमा रहेका सबै औषधि सकिएको भएपनि औषधि उपलब्ध नगराइएको जिल्लाका स्वास्थ्य चौकीहरुको भनाइ रहेको छ । जिल्लामा एकवटा जिल्ला अस्पताल, २६ स्वास्थ्यचौकी, एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, आठ वटा सामुदायिक स्वास्थ्य एकाई र दुई वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । समय समयमा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधि आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

सबै अधिकार स्थानीय तहमा गएको र आफूहरुसँग केही बजेट नभएकाले औषधि खरिद प्रक्रिया समेत अन्योल हुनपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए । 

स्थानीय तहमा सबै अधिकार गएपछि अहिले बजेट नभएकोले ‘औषधि खरिद गर्ने रकम स्थानिय तहमा गएको छ । अधिकार जति सबै स्थानिय तहमा गएकोले ्जिल्ला स्वास्थ्य कार्यालयले केही गर्ने नसकिने बताइएको छ । 

अहिले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा दैनिक करीब एकसय भन्दा बढी बिरामी आउने गरेका छन् ।

सम्बन्धित समाचार

बाजुरामा औषधि अभाव, हैरानी खेप्दै स्थानीयवासी

बाजुरा । बाजुराका नौ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकाका स्थानीयवासीहरु बिरामी हुँदा निजी मेडिकलहरुबाट औषधि किन्नु पर्ने बाध्यता टर्न सकेको छैन ।  जिल्लाका नौ स्थानीय तह रहेको बाजुरामा अधिकाँश स्थानीय निकायमा

बाजुरामा बिना अभ्यास थापाले जिते दुई स्वर्ण 

बाजुरा । बाजुरा सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् ।  सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको त्रिपलजम्पमा प्रथम हुनुभएको

रुखबाट खसेर वडा सदस्यको मृत्यु

बाजुरा ।  बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ

आफ्ना आमाबुबा नपाल्नेलाई नगरपालिकाबाट सेवासुविधा नदिइने

बाजुरा  ।  बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताएका छन् ।   बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले