काँग्रेस केन्द्रीय समिती बैठक वैशाख ७ गते बस्ने

खरीबोट

काठमाडौँ ।  विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । 

बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो । 

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

सम्बन्धित समाचार

जन्मदिनको अवसर पारेर काँग्रेस नेता शाहले गरे वृक्षारोपण 

काठमाडौं। नेपाली कांग्रेस युवा नेता एवम् नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले जन्मदिनको अवसर पारेर वृक्षरोपण गरेका छन् । काठमाडौंको कृष्ण मन्दीरमा शाहले २० वटा धुपी सल्लो र

राणाको निधनमा काँग्रेसले तीन दिन केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने

काठमाडौँ।  नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको शोकमा तीन दिन पार्टी केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने भएको छ। साउन २५ गते निधन भएका राणाले निधनमा गहिरो शोक

आत्मीयतासहितको एकता र अनुशासनसहितको सहकार्य आवश्यक छ: काँग्रेस नेता शाह

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता ऋषिकेशजंग शाहले कर्णालीमा कांग्रेसलाई बलियो बनाउन आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य आवश्यक भएको बताएका छन् ।  कर्णालीका युवाहरूको एउटा कार्यक्रममा बोल्दै नेता शाहले

प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा पर्यो- नेपाली काँग्रेस 

काठमाडौँ।  नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ।  मंगलबार बसेको बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने संसदीय समितिको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र