• २०८१ बैशाख ७ शुक्रबार

पूर्णिमा विकको हत्या उनकै प्रेमी तामाङबाट, प्रहरीले पक्राउ गरि गर्यो सार्वजनिक 

kharibot

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ । 

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९:३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्राउ गरेको हो । मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो । 

परिसरले आज पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ । 

परिसरका प्रमुख विश्वराज पोखरेलले केटा र केटी दुवै मिस्त्री काम गरेर सँगै बस्ने गरेका (लिभिङ टुगेदर)मा केटी अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । 

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै