नेप्सेमा दोहोरो अंकको बृद्धि, आठ समुहले कमाउँदा ५७ करोड भन्दा बढीको कारोवार 

खरीबोट

काठमाडौं । नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से आज १७ दसमलव ४२ अंकले बढेर १२ सय ९७ दसमलव ५७ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि तीन दसमलव २८ अंकले बढेर दुई सय ७६ दसमलव २६ बिन्दुमा चढेको छ । 

यसबिचमा एक सय ६७ कम्पनीहरुको छ हजार आठ सय चार वटा कारोवारमा ११ लाख ७८ हजार सात सय ३८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम ५७ करोड ६८ लाख ६१ हजार आठ सय ६३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज नौ वटा  समुहको कारोवार भएकोमा अन्य समुहको सुचकमा एक दसमलव २१ अंकले गिरावट देखिएपनि बाँकी समुहको सुचकमा उच्च अंकले सुधार आएको छ । 

सबैभन्दा उच्च अंकले बढेको बीमा समुहको सुचक दुई सय ९३ दसमलव २४ अंकले बढेर छ हजार पाँच सय ३८ दसमलव १६ बिन्दुमा चढ्दा २८ करोड आठ लाख १५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैक समुहको सुचक पनि चार दसमलव २८ अंकले बढेर ११ सय ३६ दसमलव सात बिन्दुुमा चढ्दा १२ करोड ५२ लाख ८८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यसैगरी बिकास बैक समुहको सुचक पनि १६ दसमलव ७५ अंकले बढेर १५ सय १० दसमलव २९ बिन्दुमा चढ्दा एक करोड ८९ लाख ४७ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज जलबिद्युत समुहको सुचक पनि १२ दसमलव २३ अंकले बढेर १५ सय १५ दसमलव ७७ बिन्दुमा चढ्दा तीन करोड ३३ लाख ३४ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, फाईनान्स, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि आज बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सेयर मुल्य १० रुपैयाँले बढेर सात सय ७० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मुल्य नौ रुपैयाँ ९५ पैसाले घटेर सात सय ८७ रुपैयाँमा सेयर कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको प्रभु इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सात सय २५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ८१ लाख ५९ हजार पाँच सय आठ रुपैयाँको सेयर कारोवार भएको छ भने प्रिमियर इन्स्योरेन्स कम्पनीको ११ सय ४५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ३३ लाख ९८ हजार चार सय एक रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित समाचार

कृषि बिकास बैकसहित नौ संस्थाको सेयर नेप्सेमा सुचीकरण 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा नौ वटा संथाको सेयर सुचीकरण भएको छ । नेप्सेले दिएको जानकारी अनुसार कृषि बिकास बैक सहित नौ वटा बैंक तथा फाईनान्सहरुको नियमित कारोवारका

लगातारको बृद्धि पश्चात नेप्से १४ सय बिन्दुु नजिक

काठमाडौं । यसअघि १२ सय अंकको हाराहारीमा रहेको नेप्से साताको अन्तिम कारोवार दिन १४ सय बिन्दु नजिक पुगेको छ ।  साताको सुरुवाती कारोवार दिन देखि बढेको नेप्से आज बिहिबार पनि २५

नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि, बीमा समुहको सुचकमा ३६० अंकको बृद्धि

काठमाडौं । नेप्सेमा आज पनि सुधार आएको छ ।  साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेकाछन । आज नेप्से ३३ दसमलव ६१

शेयर किन्न र बेच्न अब दलालकामा धाउन नपर्ने

काठमाडौँ ।  नेपालमा पनि इन्टरनेटमार्फत शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास शुरु भएको छ ।  क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले उक्त