अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

खरीबोट

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । 

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । 

उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।” 

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने“कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।” 

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए । 

सम्बन्धित समाचार

काँग्रेसले भनेको सर्वसत्तावादको कुरा विस्तारै पुष्टि हुँदै छ - प्रकाशमान सिंह 

धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन् । कैलालीको धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै

काँग्रेसद्वारा जुम्ला घटनाको विरोध

काठमाडौँ । नेपाली काँग्रेसले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध गरेको छ ।  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सुधारका लागि

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो – सभापति देउवा

काठमाडौँ  ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक

नेपाली काँग्रेसद्वारा प्रदेश ३ को प्रदेशसभा बैठक अवरुद्ध

हेटौँडा । तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।  यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता