राष्ट्रबैंकले आज पाँच अर्ब २५ करोडको ट्रेजरी बिक्रि गर्दै  

खरीबोट

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । जारी मिती बैशाख चार गते तोकेर उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

ट्रेजरी खरिदको लागि अहिले अपरान्ह तीन बजेसम्म आवेदन दिन सकिने छ । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ रहेको छ । सो मध्ये ९१ दिने अवधिको परिपक्व मिती २०७५ साउन एक गते रहेको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७५ असोज ३० गते रहेको छ । 

राष्ट्र बैंकले यसअघि पनि चैत २६ गते दिने अवधिको तीन सय करोड, एक सय ८२ दिने अवधिको एक सय ८९ करोड ८६ लाख र तीन सय ६४ दिने अवधिको छ सय करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।  
 

सम्बन्धित समाचार

राष्ट्रबैंकले आज पाँच अर्ब २५ करोडको ट्रेजरी बिक्रि गर्दै  

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । जारी मिती बैशाख चार गते तोकेर उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

काठमाडौँ ।  पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र

सुनचाँदी धितोमा न्युनतम कर्जा निर्धारण, प्रति ग्राहक १० लाख रुपैयाँभन्दा बढी कर्जा दिन नपाईने

काठमाडौ । सुनचाँदी धितो लिएर प्रति ग्राहक १० लाख रुपैयाँ भन्दा बढी रकम कर्जा दिन नपाईने भएको छ ।  राष्ट्र बैकले बाणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी

वाणिज्य बैंकहरुलाई विदेशी बैंकसँग ऋण लिन बाटो खुल्ला, प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाइने

काठमाडौं ।  नेपालका बाँणिज्य बैंकहरुलाई बिदेशी बैंकहरुबाट ऋण लिनको लागि बाटो खुल्ला भएको छ । बैंकिङ क्षेत्रमा पछिल्लो समय लगानीयोग्य रकमको अभाव भएको बेला राष्ट्र बैकले परिपत्र जारी गर्दे ऋण