चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु

खरीबोट

खोटाङ ।  दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । 

ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो । 

उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए÷नभएको अनुसन्धान गर्न शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो । पसल तथा गोदाम सिलबन्दीपछि प्रशासनले आइतबार पाण्डेलाई प्रशासनमा झिकाएर बयान लिइएको छ । 

तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने अनुसन्धानपछि मात्र पुष्टी हुने निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए । उनले भने“यदि मिसावट नै भएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ ।” 

एक ग्राहकले चिनीको प्याकेटमा युरिया मिसिएको पाएको गुनासो गरेपछि गोदाम तथा पसल सिलबन्दी गर्नुसाथैका सञ्चालक पाण्डेलाई नियन्त्रणमा लिएर तारिखमा छाडेको थियो । मिसावट भेटिएको भनिएको चिनीको बोरा दुई हप्ताअघि मात्र उदयपुरको कटारीबाट ल्याइएको सञ्चालक पाण्डेले बताएका छन् । 

दिक्तेलस्थित सल्लेरी टोलमा सञ्चालित पाण्डे भेराइटिजको गोदाम र पसलबाट यसअघि पनि उपभोक्ता ठगिएको गुनासो आउने गरेको थियो । पछिल्लो समय उपभोक्ताले प्रशासनलाई दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्नुअघि नै मिल्काउन पठाउन लागिएको तीन बोरा चिनी र ना ५ ख ७१३० नं को ट्रक रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ । 

जिल्लाका सरकारी कार्यालयले सबैभन्दा बढी समान खरिद गर्ने पाण्डे भेराइटिजको पसलबाट गतवर्ष एक उपभोक्तालाई ठगी गरेको उजुरी भन्दै प्रशासनमा उजुरी परेको थियो । उसबेला प्रशासनले पाण्डेलाई सामान्य जरिवाना लिएर छुटकारा दिएको स्रोतले जनाएको छ । 

पाण्डेले कमसल जस्तापातामा गुणस्तरीय चिन्ह लगाएर, कमसल काँटीलाई गुणस्तरीय मूल्य लिएर बिक्री गर्नुका साथै विभिन्न समान खरिद गरेको भ्याट तथा पान बील उपलब्ध गराएर करोडांैं ठगी गर्ने गरेको गुनासो छ । 

सम्बन्धित समाचार

जनप्रतिनिधिलाई एकै किसिमको लोगो र पोशाक

खोटाङ / जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ ।  पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८

बर्खेटारमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध

खोटाङ / वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–जयराम सडक अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको बर्खेटारमा पहिरो खस्दा बुधबार रातिदेखि दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो । जिल्ला भित्रिने र

खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङ / लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।  नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको