• २०८१ बैशाख ७ शुक्रबार

विद्यालयको शुल्क वृद्धि रोक्न विद्यार्थी संगठनको दबाब, प्रधानमन्त्रीलाई ७२ घन्टे अल्टिमेटम दिने तयारी 

kharibot

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यालय शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने भएका छन् । 

सोमबार बिहान नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनहरुको नेविसंघ केन्द्रीय कार्यालयमा बसेको बैठकले निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि फिर्ता गर्ने विषयमा सरकारले कुनै पहल नगरेको भन्दै त्यसको विरोधमा उत्रिने निर्णय गरेका छन् ।

नेविसंघका अध्यक्ष नयनसिंह महरले खरिबोटसँग कुरा गर्दै ७२ घन्टे अल्टिमेटम सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र सरकारले चर्को शुल्कका विरुद्ध कदम नचाले शिक्षा मन्त्रालयका सम्पूर्ण काम कारवाही अवरुद्ध गरिदिने बताए ।

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ लगाएत सहभागी थिए ।

पटक पटक भर्नाका बेला विद्यार्थीहरुले विरोध गर्ने र सरकारले सम्झौता मात्र गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दा अध्यक्ष महरले चर्को शुल्क वृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने बताए । महरले सरकारको भर्ना अभियानमा भने आफुहरुको पूर्ण समर्थन र सहयोग रहेको खरीबोटलाई जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै