दाङमा दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

खरीबोट

तुलसीपुर, दाङ ।  सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । 

विद्यालय बाहिर रहेका ती बालबालिकालाई यसपटक विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको जिल्ला विकास एवं समन्वय इकाइ दाङले जनाएको छ । 

जिल्लामा रहेका दुई हजारभन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान सञ्चालन भएको शिक्षा विकास एवं समन्वय इकाइका शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा अहिले भर्ना अभियान सञ्चालन भइरहेको छ । 

गत वर्ष जिल्लामा दुई हजार २०० भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा अहिले उक्त संख्यालाई घटाउने लक्ष्य लिइएको मैनालीले जानकारी दिए । उक्त संख्यालाई घटाउन र विद्यालयमा भर्ना गर्नका लागि जिल्लाका सरोकारवाला निकायसँग छलफलसमेत गरेको मैनालीले जानकारी दिए । 

सबै अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गर्न सचेत रहेको बताउँदै शिक्षा अधिकारी मैनालीले सडक बालबालिका, अभिभावक नभएका, अन्य आफन्तकोमा बस्ने बालबालिकालाई विद्यालयमा भर्ना गर्न नसकिएको बताए । 

सम्बन्धित समाचार

दाङमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

तुलसीपुर / दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।  अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती

दाङमा बसले किच्दा एक पैदल यात्रुको मृत्यु

दाङ / ना ५ख ५७६८ नंको बसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।  तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो

 दाङको टवाङ् खोलाले बस बगायो, यातायात ठप्प

 दाङ / पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।  स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको

मूल्य वृद्धिको विरोधमा नेविसंघद्वारा दाङमा सरकारी गाडी तोडफोड

दाङ । मूल्य वृद्धि फिर्तालगायत माग राख्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले तुलसीपुरमा आज तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार