• २०८१ बैशाख ८ शनिबार

४० की भईन लारा दत्ता : एकै पटक दुई मोडलसँगको अफयेर्स, विवाहित महेशसँग विवाह 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री लारा दत्ता ४० बर्षी भएकी छन् ।

सन १९७८ मा उत्तर प्रदेशको गाजिवाबादमा जन्मिएकी लारा सन २००० मा मिस युनिभर्स बनेर चर्चामा आएकी थिइन् । सोहि बर्ष प्रियंका चोपडाले मिस वर्ल्ड जितेकी थिइन् । 

मोडलिङबाट बलिवुडमा आएकी लारा एक समय एकै पटक दुई मोडल-अभिनेतासँगको अफयेर्सका कारण निकै चर्चामा रहेकी थिइन् । लारा को अफयेर्सको चर्चा मोडल तथा अभिनेता डिनो मोरियो, केली दोर्जे, टाइगर वुड्स हुदै टेनिस खेलाडी महेश भूपतिसँग आएर टुंगिएको थियो ।

मिस युनिभर्स बन्नु अघि नै अभिनेता केली दोर्जेसँग सम्बन्धमा रहेकी लाराले मिस युनिभर्स बनेपछि आफ्नो केलीसँगको सम्बन्धका बारे सार्वजनिक रुपमा बताएकी थिइन् ।

मिस युनिभर्स बनेपछि लाराले एकै पटक केली र डिनो मारियोसँग डेट गरेकी थिइन् । सोहि समयमा उनको नाम अन्तर्राष्ट्रिय गल्फ खेलाडी टाइगर वुड्ससँग पनि जोडिएको थियो । तर अभिनेता केलीले लाराको सम्बन्ध आफु बाहेक अन्यसँग पनि रहेको थाहा पाएपछि लारालाई छोडीदिएका थिए । त्यसपछि डिनोले पनि लारालाई छोडेका थिए । 

केली र डिनोसँगको ब्रेकअपपछि लाराले विवाहित टेनिस खेलाडी महेश भूपतिसँग अफयेर्स सुरु गरिन् । २०११ मा महेशले आफ्नी पत्नी स्वेता जयशंकरसँग डिभोर्स गरे र लारासँग विवाह गरे ।

बलिवुडमा लारा पछिल्लो पटक फिल्म अजहरमा देखिएकी थिइन् । २००४ मा फिल्म अन्दाजबाट बलिवुडमा डेभ्यु गरेकी लाराले नो इन्ट्री, बिल्लु, हाउसफुल जस्ता फिल्ममा अभिनय गरेकी छन् भने अब यस बर्ष उनको वेलकम तो न्युयोर्क फिल्म आउदै छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै