• २०८१ बैशाख ७ शुक्रबार

सोनम कपुर आनन्द अहुजासँग लगनगाँठो कस्ने तयारीमा

kharibot

मुम्बई । बलिवुड अभिनेत्री सोनम कपुर लगनगाँठो कस्ने तयारीमा जुटेकी छन्  ।  लामो समयदेखि डेट गरिरहेकी आफ्ना प्रेमी आनन्द आंहुजासँग लगनगाँठो कस्न लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  । 

फिल्मफेयरका अनुसार सोनमको विवाह आगामी मे ६ र ७ मा मुम्बईमा हुने भएको छ । साथै विवाहको रिसेप्सन आनन्दको घर दिल्लीमा पनि हुने बताइएको छ  । 

यसअघि सोनामको विवाह स्विटजरल्याण्डमा हुने रिपोर्ट आएको थियो । हाल वीर दे वेडीङ नामक फिल्मको सुटिंगमा व्यस्त सोनम विवाहको तीन दिन पछि नै फिल्मको सुटिंगमा फर्किने फिल्मफेयरले उल्लेख गरेको छ  । 

सोनमले विवाह गर्न लागेकी आनन्द भने एक व्यापारी हुन्  । अमेरिकामा पढाइ गरेका आनन्दको जुत्ता र कपडाका ब्रान्ड भारतमा चर्चित रहेका छन् । 

बलिवुडका चर्ह्चित अभिनेता अनिल कपुरकी छोरी सोनमले पछिल्लो समय बलिवुडमा राम्रा फिल्ममा अभिनय गरेकी छन्  । २००७ मा फिल्म सावरियाबाट बलिवुडमा डेभ्यु गरेकी सोनमले २०१६ मा निरजा फिल्मबाट निकै चर्चा बटुलेकी थिइन्  । निरजाबाट उनले नेशनल अवार्ड समेत पाएकी थिइन्  । उनले प्रेम रतन धन पायो, खुबसुरत, प्याड म्यान, रंझना, दिल्ली ६ जस्ता डेढ दर्जन फिल्ममा अभिनय गरेकी छन्  ।

उनको वीर दे वेड़ीङ, सन्जु, द जोया फ्याक्टर, एक लड्कीको देखा तो ऐसा लगा, फिल्म आउने तयारीमा रहेका छन्  ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै