बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो

खरीबोट

फाइल तस्बीर

जाजरकोट । यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखाँैको राजश्व घाटा लागेको छ । 

जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाइने कुरिलो, काउलो, पाखनवेद, सुगन्धवाल, तीतेपाती, जटामसी, चिराइतो, गुच्छी च्याउ, लौठ सल्ला, पाँच औले, सेतकचिनी जरा, बुकी फूल, कटुको, गुच्चीच्याउ, पदमचाललगायतका बहुमूल्य जडीबुटीको अबैध चोरी–पैठारी बढेको बारेकोट गाउँपालिका–५ का रामबहादुर शाहीले जानकारी दिए ।

चोरी–पैठारी गर्नेले हचुवाको भरमा बीउ नै मासिने गरी उत्खनन गर्दा जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । रुकुम, डोल्पा र जुम्लाका नाका हँुदै जडीबुटीको तस्करी हुने गरे पनि रोक्नेतर्फ कसैले चासो दिएको पाइँदैन् । 

जाजरकोट–जुम्ला, डोल्पाको सिमाना चाखुरेमा सरकारी उपस्थिति नहँुदा चोरी–पैठारी हुने शाहीको भनाइ छ । खुला सिमानाका कारण तस्करले लाखौँ मूल्यको जडीबुटी अवैध रुपमा निकासी गर्दै आएका छन् । जथाभावी चोरी–निकासी बढ्न थालेपछि बारेकोटवासीले रोकथामका लागि पहल गरिदिन माग गरेका छन् । 

तस्करले लाखौँको राजश्व छली गर्दासमेत जिल्ला वन कार्यालयको यसतर्फ ध्यान गएको छैन । दिन प्रतिदिन चोरी–निकासी बढ्दै गएको छ । जिल्ला वन कार्यालयले गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष जाजरकोटमा १७ लाख ६५ हजार ५५३ केजी जडीबुटी संकलन गर्न सकिने उल्लेख छ तर गत आवमा दुई लाख ६९ हजार ७४३ केजी विभिन्न प्रजातिका जडीबुटी निकासी गरी रु १९ लाख ६७ हजार मात्र राजश्व संकलन भएको छ । कतिपय जडीबुटी संकलन नै नभएर जंगलमा खेर जाने गरेका छन् भने संकलन भएको मध्ये पनि धेरै जसो चोरी–निकासी हुने गरेको हो । 

सरकारले प्रतिबन्धित जडीबुटीको सूचीमा सूचीकृत गरेका जडीबुटीसमेत निकासी भइरहेको स्थानीयवासीको भनाइ छ । 

खुला सिमानाका कारण अवैध चोरी–निकासी रोक्न समस्या भएको हो, अब चोरी–निकासी रोक्नेतर्फ स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए । 

सम्बन्धित समाचार

कृषक जडीबुटी खेतितर्फ आकर्षित

सल्यान / जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।  परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् ।  कुरिलो, तेजपात, काउलो,

कृषक जडीबुटी खेतितर्फ आकर्षित

सल्यान / जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।  परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् ।  कुरिलो, तेजपात, काउलो,

म्याग्दीबाट अठार मेट्रिक टन जडीबुटी निकासी

म्याग्दी / पहाडी जिल्ला म्याग्दीबाट आर्थिक वर्ष २०७४÷७५ मा करीब १८ मेट्रिक टन जडीबुटी निकासी भएको छ। म्याग्दीका वनजंगलमा संकलन गरिएका ११ प्रजातिका १७ हजार ९७४.२५ किलोग्राम जडीबुटी निकासी भएको जिल्ला वन

प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

काठमाडौँ । नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।  जडीबुटीको धनी नेपालमा जडीबुटीको प्रशोधन हुनसके प्रतिकिलो