• २०८१ बैशाख ४ मंगलबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीन जादै 

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । उनी राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ ।

उनको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले वैशाख ५ गते समकक्षी वाङ वीसँग दुईपक्षीय वार्ता गर्नेछन् । बेइजिङमा रहँदा उनले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी यही वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री ज्ञवालीको यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा लिइएको छ । 

चीन भ्रमणमा जानु अघि मन्त्री ज्ञवालीले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै