राष्ट्रपति ट्रम्प अमेरिकाको राष्ट्रपति हुन नैतिकरुपमा अनफिट - पुर्वएफबिआई प्रमुख कोमी

खरीबोट
ad

वाशिंटन । अमेरिकाका पुर्वएफबिआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुन् नैतिकरुपमा अनफिट रहेको बताएका छन् । 

कोमीले ट्रम्पले हटाएको करिव एक बर्षपछी पहिलो पटक एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा ट्रम्पको आलोचना गरेका छन् । उनले ट्रम्पको महिलालाई हेर्ने दृष्टिकोण पनि राम्रो नभएको बताएका छन् । 

कोमीले २०१६ मा अमरिकी निर्वाचनको एक साता अघि राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनको इमेल प्रकरणको छानबिन सुरु गरेर चर्चामा आएका थिए । 

सो प्रकरण बारे बोल्दै कोमीले त्यतिबेला हिलारीले चुनाव जित्नेमा आफु विस्वस्त रहेको बताए । तर परिणाम सो अनुसार नआएको बताउदै आफुले एफबिआईको निर्देशकको रुपमा गर्न सक्ने जति उत्कृष्ट काम गरेको दाबि गरे ।

ट्रम्पबारे कडा रुपमा प्रस्तुत भएका कोमीले राष्ट्रपति ट्रम्प सत्यलाई विस्वास नगर्ने व्यक्ति भएको बताए । 
 

सम्बन्धित समाचार

ट्रम्पद्वारा जेल परेका प्रवासीलाई बच्चासँग अलग नगर्ने सम्बन्धि आदेश जारी 

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवासीहरुलाई उनीहरुका बालबच्चासँग अलग नगर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् । कैयौ मुलुकबाट अमेरिका गैरकानुनी तरिकाले छिर्ने प्रवासीहरुलाई अमेरिकाले पक्राउ गरेर आफ्ना बालबालिकासँग समेत भेट्न

अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिर रहने घोषणा 

काठमाडौँ । अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिरिने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले पत्रकार सम्मेलन गर्दै अमेरिका संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट

चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा अमेरिकी महिलालाई २५ वर्ष जेल

फोनिक्स । एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ ।  उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई

२०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने 

काठमाडौँ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।  आज रसियाको मस्कोमा भएको फिफा काँग्रेसको बैठकले २०२६ को विश्वकप आयोजना अमेरिका, क्यानाडा र