• २०८१ बैशाख ६ बिहीबार

प्रधानमन्त्री ओली र प्रचण्डबीच पार्टी एकता बारे आज निर्णायक वार्ता हुदै 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकता सम्बन्धमा निर्णायक वार्ता हुने भएको छ । 

प्रधानमन्त्री ओली र प्रचण्डबीच आज बिहान १० बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

आफ्नो तनाव छल्न र एकताको गृहकार्य गर्न भन्दै आइतबार सिन्धुपाल्चोकको सुकुटे पुगेका माओवादी अध्यक्ष प्रचण्डले बराबरीको भागबन्डामा पार्टी एकता हुनुपर्ने माग राखेपछि दुई दलबीचको एकता अन्योलमा परेको थियो ।

यस अघि नै वैशाख ९ गते हुने भनि निर्णय गरिसकेको अवस्थामा दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको छ ।

प्रधानमन्त्री निकट नेताहरुले खरिबोटसँग कुरा गर्दै आज निर्णायक वार्ता हुने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै