• २०८१ बैशाख ७ शुक्रबार

पिएसजीले सातौ पटक जित्यो फ्रेन्च लिगको उपाधि

kharibot

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । 

गएराती भएको खेलमा मोनाकोलाई ७-१ गोल अन्तरले पराजित गर्दै फ्रेन्च लिगको उपाधि जितको हो ।  पिएसजीले ५ खेल अगाडी नै लिगको उपाधि जितेको छ । 

लिगमा पिएसजी ३३ खेल खेल्दै कुल ८७ अंक सहित शिर्ष स्थानमा रहेको छ बहने दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ७० अंक रहेको छ ।

पिएसजीको जितमा एन्जल डी मारिया र लो केसेलोले २-२ गोल गरेका थिए भने कभानी, फल्काओ र ड्राक्सलरले एक एक गोल गरेका थिए ।

पिएसजीले यो जितसँगै सातौ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा पिएसजीले ३३ खेलमा कुल १०३ गोल गरेको छ । पिएसजीले यस अघि सन १९८५-८६, १९९३-९४, २०१२-१३, २०१३-१४, २०१४-१५, २०१५-१६ मा फ्रेन्च लिगको उपाधि जितेको थियो ।

त्यस्तै यस खेलमा एक गोल गर्दै एडीन्सन कभानीले ११३ गोल अग्रेका छन् । उनले जलाटन इम्ब्रहिमोविचको फ्रेन्च लिगमा ११३ गोलको बराबरी पनि गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै