पिएसजीले सातौ पटक जित्यो फ्रेन्च लिगको उपाधि

खरीबोट

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । 

गएराती भएको खेलमा मोनाकोलाई ७-१ गोल अन्तरले पराजित गर्दै फ्रेन्च लिगको उपाधि जितको हो ।  पिएसजीले ५ खेल अगाडी नै लिगको उपाधि जितेको छ । 

लिगमा पिएसजी ३३ खेल खेल्दै कुल ८७ अंक सहित शिर्ष स्थानमा रहेको छ बहने दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ७० अंक रहेको छ ।

पिएसजीको जितमा एन्जल डी मारिया र लो केसेलोले २-२ गोल गरेका थिए भने कभानी, फल्काओ र ड्राक्सलरले एक एक गोल गरेका थिए ।

पिएसजीले यो जितसँगै सातौ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा पिएसजीले ३३ खेलमा कुल १०३ गोल गरेको छ । पिएसजीले यस अघि सन १९८५-८६, १९९३-९४, २०१२-१३, २०१३-१४, २०१४-१५, २०१५-१६ मा फ्रेन्च लिगको उपाधि जितेको थियो ।

त्यस्तै यस खेलमा एक गोल गर्दै एडीन्सन कभानीले ११३ गोल अग्रेका छन् । उनले जलाटन इम्ब्रहिमोविचको फ्रेन्च लिगमा ११३ गोलको बराबरी पनि गरेका छन् । 
 

सम्बन्धित समाचार

पिएसजीले सातौ पटक जित्यो फ्रेन्च लिगको उपाधि

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।  गएराती भएको खेलमा मोनाकोलाई ७-१ गोल अन्तरले पराजित गर्दै फ्रेन्च लिगको उपाधि जितको हो ।  पिएसजीले ५ खेल अगाडी नै लिगको

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र पिएसजी भिड्दै, नेइमार नहुदा पिएसजीलाई धक्का  

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र पिएसजीबीचको अन्तिम १६ को दोस्रो लिग आज राति हुदै छ । पहिलो लिगमा रियल ३-१ ले अगाडी रहेको छ ।  च्याम्पियन्स लिगमा राम्रो

घाइते नेइमार यस सिजन पिएसजीबाट खेल्न नसक्ने, विश्वकपअघि मात्र मैदानमा आउने 

काठमाडौँ । पिएसजीका सुपरस्टार नेइमार खुट्टाको अप्रेसन गर्न आफ्नो देश ब्राजिल फर्किएका छन् ।  गत शनिबार मार्सेलीविरुद्धको खेलमा खुट्टाको कुर्कुच्चा र पाचौ औला भाचिएको नेइमार अब फुटबल मैदानबाट करिब तीन महिना

नेइमार घाइते भएको खेलमा पिएसजीको जित 

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले मार्सेलीमाथि ३-० जित निकालेको छ ।  गएराती भएको खेलमा पीएसजीले ३-० को जित निकालेको हो । पीएसजीको जितमा किलीयन एम्बाप्पे, कभानी र एक गोल मार्सेलीका