काठमाडौँ । इङलिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।
आइतबार राति भएको म्यानचेस्टर युनाइटेड र वेष्टब्रमबीचको खेलमा युनाइटेड पराजित भएपछि प्रीमियर लिगको उपाधि सिटीले जितेको हो । सिटीले लिगमा ५ खेल अगाडी नै उपाधि जितेको छ ।
युनाइटेड आफ्नै घरेलु मैदानमा लिगको पुछारमा रहेको वेस्टब्रमसँग १-० गोल अन्तरले पराजित भएको हो । खेलको ७३औ मिनेटमा बेस्टब्रमका जेय रोद्रिगेजले गोल गरेका थिए ।
प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।
सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डियोलाको भने यो २४औं लिग उपाधि हो ।