• २०८१ बैशाख ७ शुक्रबार

म्यानचेस्टर युनाइटेड हारेपछि प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

kharibot

काठमाडौँ । इङलिश  प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

आइतबार राति भएको म्यानचेस्टर युनाइटेड र वेष्टब्रमबीचको खेलमा युनाइटेड पराजित भएपछि प्रीमियर लिगको उपाधि सिटीले जितेको हो । सिटीले लिगमा ५ खेल अगाडी नै उपाधि जितेको छ ।

युनाइटेड आफ्नै घरेलु मैदानमा लिगको पुछारमा रहेको वेस्टब्रमसँग १-० गोल अन्तरले पराजित भएको हो । खेलको ७३औ मिनेटमा बेस्टब्रमका जेय रोद्रिगेजले गोल गरेका थिए । 

प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।

सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डियोलाको भने यो २४औं लिग उपाधि हो ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै