• २०८१ बैशाख ६ बिहीबार

पञ्जावसँग हार्यो धोनीको चेन्नई सुपरकिंग्स

kharibot

काठमाडौँ ।  आईपीएलमा किंग्स इलेभेन पञ्जावले चेन्नई सुपरकिंग्सलाई ४ रनको अन्तरले पराजित गरेको छ । 

गएरातिको खेलमा १९८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ५ विकेट गुमाउदै १९३ रनमा समेटिएपछि पञ्जाव ४ रनले विजयी भएको हो ।

चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले नटआउट ७९ र अम्बाती रायडुले ४९ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । धोनीले ४४ बलमा ७९ रन बनाउने क्रममा धोनीले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

पञ्जावका बलर अन्द्रेयु टायले २ तथा कप्तान आश्विन र मोहित शर्माले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाउदै १९७ रन बनाएको थियो । पञ्जावका लागि क्रिस गेलको ६३ रन, लोकेश राहुलले ३७ र मयांक अग्रवालले ३० रन बनाएका थिए । चेन्नईका बलर सृदुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिएका थिए ।

यस सिजनमा अहिलेसम्म पञ्जावले तीनमध्ये २ खेल जितेको छ भने चेन्नईको यस सिजनमा यो पहिलो हार हो । 

खेलको म्यान अफ द म्याच पञ्जावका क्रिस गेल बनेका थिए । 

आइपिएल अन्तर्गत आज एउटामात्र खेल हुदै छ । आज कोलकोता नाइटराइडर्स र दिल्ली डेयरडेभिल्सबीच खेल हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै