• २०८१ बैशाख ७ शुक्रबार

प्रिमियर लिगमा न्युकासलसँग हार्यो आर्सनल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा आर्सनल न्युक्यासलसँग पराजित भएको छ । आइतबार भएको खेलमा आर्सनलले २-१ गोल अन्तरले हार बेहोरेको हो ।

खेलको १४औ मिनेटमा आर्सनलका एलेक्जेन्डर लाकाजेटेको गोलबाट सुरुवाती अग्रता लिएको आर्सनलले आफ्नो अग्रता जोगाउन नसक्दा खेलमा हार बेहेरेको छ । न्युक्यासलका लागि खेलको २९औ मीनेटमा अयोज पेरेजले गोल गर्दै खेल १-१ गोलको बराबरी गरेको थियो ।

पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलको मट रिटचीले गोल गर्दै न्युक्यासललाई जित दिलाएका थिए ।

आर्सनलले सन १९८४ पछि प्रिमियर लिगमा लगातार ५ अवे खेलमा हार बेहोरेको छ । लिगमा आर्सनल अब ३३ खेलम ५४ अंकसहित छैठौ स्थानमा रहेको छ भने अब आर्सनलको फोकस युरोप लिगमा रहेको छ ।

त्यस्तै न्युकासल जितपछि ३३ खेलमा ४१ अंक सहित १०औ स्थानमा रहेको छ ।   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै