अन्तरघातीलाई कारवाही गर्न पौडेल समुहले दिएन :: सभापति देउवा 

खरीबोट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारवाही गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले नदिएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा पार्टी निकट बुद्धिजीवीहरूको संगठन प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अन्तरघात गर्नेहरूलाई निष्कासन नगरेसम्म पार्टीलाई अघि बढाउन सक्ने अवस्था नरहेको बताए । साथै उनले निर्वाचनमा अन्तरघातबाट पार्टीले ४० सिट गुमाउनु परेको दाबी गरेका छन् ।

सभापति देउवाले एमाले र माओवादी केन्द्रबीचको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको पनि स्मरण गराएका थिए ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील काँग्रेस बनाउनुपर्नेमा जोड दिदै कांग्रेसलाई कामै गर्ने पार्टीको रूपमा स्थापित गराउन पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गरे।

कांग्रेस महामन्त्री  शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीवीहरूले आवश्यक पहल गर्नुपर्ने आवश्यक्ता औँल्याए।

सम्बन्धित समाचार

निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही गरिन्छ - गोपालमान श्रेष्ठ

फलेवास, पर्वत ।  नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताए ।  सदरमुकाम कुश्माबजारमा सञ्चालित तरुण दलको ४ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैैै उनले ३६४ दिन काँग्रेस बन्ने

काँग्रेस बैठक स्थगित, अर्काे बैठक वैशाख ९ गते

काठमाडौँ  ।  नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित

काँग्रेसमा दुई बर्षपछि पदाधिकारी नियुक्तिको तयारी, को को छन् दाबेदार ?

काठमाडौँ । गत  चैत १६ गतेदेखि स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि फेरि सुरु हुँदैछ ।  बैठक विहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका

शुक्रबारदेखि बस्ने केन्द्रिय कार्यसमितिले पदाधिकारी मनोनित गर्छ – डा. प्रकाशशरण महत 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा