एक सय छ वर्षअघि डुबेको 'टाइटानिक' जहाजबारे पाँच रोचक मिथहरु 

खरीबोट

फिल्म टाइटानिक एउटा यस्तो रहस्यमय कहानी थियो कि त्यसको अन्त्यका कारण सधैँ चर्चामा रह्यो । फिल्मको अन्त्य दुःखद हुन्छ । जसमा प्रेमिकालाई बचाउन प्रेमीले ज्यान दिन्छ र प्रेमिका आफ्नो पूरा जिन्दगी यादहरुको सहारामा बिताइदिन्छे । 

सन् १९१२ मा इंग्ल्याण्डको साउथह्याम्पटनमा अमेरिकाको तर्फ चलेको यो जहाजको कहानी साँच्चै भए पनि जेम्स क्यामरुनले त्यसमा लिओनार्दो डिकाप्रियो र केट विन्स्लेटको रुपमा प्रेमको अनौठो कहानी मिसाइदिए । एक सय छ वर्षपहिले टाइटानिक नामको जहाज आफ्नो पूरा गतिमा अगाडि बढिरहँदा एउटा विशाल हिमखण्डमा ठोक्किन पुग्यो । दुई घण्टाको अन्तरालमा जहाज एटलान्टिक महासागरमा डुब्यो । फिल्म टाइटानिक यही घटनामा आधारित थियो । 

यो दुर्घटनामा १५ सयभन्दा बढी पुरुष, महिला र बच्चाको मृत्यु भएको थियो भने टाइटानिक डुब्नुपहिलेको केही घण्टा वास्तवमा के भयो, यो बारेमा धेरै मिथकहरु सुन्न पाइन्छ र धेरैजसो मानिसहरुले ऐतिहासिक तथ्यमा भन्दा पनि फिल्ममा रहेको कथाबारे मात्र थाहा पाएको पाइन्छ । 

टाइटानिक फिल्म अमेरिकी निर्देशक जेम्स क्यामरुनले सन् १९९७ मा बनाएका हुन् । १४ अप्रिल १९१२ मा भएको घटनालाई सम्झिनको लागि २०१२ मा फिल्म थ्रिडी इफेक्टसँगै पुनः रिलिज गरिएको थियो । टाइटानिकको रहस्यमय डुबाइको कारण त्यसमा आधारित थुप्रै फिल्म र डकुमेन्ट्रीहरु बनिसकेका छन् । 

जहाज डुब्नै सक्दैनथ्यो 
फिल्म टाइटानिकमा हिरोइल रोजकी आमा साउथ इंग्ल्याण्डको एउटा साउथह्याम्पटन बन्दरगाहमा उभिएर भन्छिन्, ‘त्यसो भए यो त्यही जहाज हो, जसलाई डुब्न नै नसक्ने भनिन्थ्यो !’ तर लण्डनको किंग्स कलेजका रिचर्ड हावेल्स भने टाइटानिकको बारेमा सबैभन्दा ठूलो मिथक नै यही हो भन्छन् । उनका अनुसार मानिसहरुले जे जे सम्झिए पनि जहाज बनाउने मुख्य कम्पनी ह्वाइट स्टार लाइनले डुब्नुअघि कसैले पनि केही नलेखेको बताएको छ ।  

ब्याण्डको आखिरी गीत 
विभिन्न टाइटानिक फिल्मका सम्झनालायक दृश्यमध्ये जहाज डुब्ने बेला यात्रीहरुको मनोबल बढाउन ब्याण्डको संगीत बजाइरहेको देखाइएको छ । ब्याण्ड आखिरी समयमा ‘नियरर, माई गड, टु दी’ प्रार्थनाको संगीत बजाइरहेको देखिन्छ । फिल्मअनुसार यसमा रहेका सबै वादकहरुको मृत्यु भएको थियो । ब्रिटिश फिल्म इन्स्टिच्युटका आर्काइभ क्युरेटर साइमन म्याकुलमका अनुसार यो एउटा बहसको मुद्दा हो कि ब्याण्डको अन्तिम गीत कस्तो थियो भन्ने । उनका अनुसार केही प्रत्यक्षदर्शीका अनुसार ब्याण्ड त्यो समय साहस जोगाइराख्न लोकप्रिय संगीतको धुन बजाइराख्थ्यो । तर वास्तवमै असल धुन कुन र कस्तो थियो कसैलाई थाहा छैन, किनकि वादकहरु सबै मरेका थिए । 

क्यामरनको फिल्मका सल्लाहकारका रुपमा काम गर्ने र टाइटानिक हिस्टोरिकल सोसाइटीका सदस्य पल लाउडेन ब्राउनका अनुसार सन् १९५८ को फिल्म ‘अ नाइट टु रिमेम्बर’मा संगीतकारहरुको दृश्य यति राम्रो लाग्यो कि निर्देशकले त्यसलाई दोहो¥याउन लगाए । 

क्याप्टेन स्मिथको मृत्यु 
यसैबीच, टाइटानिकका क्याप्टेन एडवर्ड जे स्मिथको अन्तिम क्षणबारे पनि एकदमै कम जानकारी छ । यद्यपि हिमखण्ड भएको बारे चेतावनीलाई नजरअन्दाज गरेर जहाजको गति नघटाउने कारणका बाबजुद पनि उनलाई एउटा हिरोको रुपमा देखाइन्छ । लाउडेन ब्राउन समेत फिल्ममा उनलाई देखाइएको उनको भूमिकामा सन्तुष्ट छैनन् । किनकि उनलाई जहाजमा कति मानिस छन् र जहाजमा कतिवटा लाइफ बोट छ भन्ने जानकारी हुँदाहुँदै डुंगा नभरिँदै जान दिए । पहिलो लाइफबोटमा केवल २७ जना पठाइयो जब कि ६५ मानिस त्यसमा जान सक्थे । अन्य धेरै लाइफबोट आधा खाली नै राखेर पठाइयो जुन पछि अन्य यात्रु लिन फर्किएनन् । 

ब्राउन अगाडि भन्छन्, जे नहुनुपर्ने भयो, त्यसको जिम्मेवार केवल स्मिथ नै छन् । क्याप्टेनले मानिसलाई जहाज छोड्न सामान्य आदेशमात्रै दिएका थिए, उनले जहाज खतरामा रहेको बताएका थिएनन् । त्यस्तै त्यसपछिको कुनै योजना नै थिएन । लण्डनको राष्ट्रिय समुद्री संग्रहालयका जोन ग्रेब्स पनि त्यो रात स्मिथ कता गायब थियो भन्ने कसैले थाहा नपाएको बताउँछन् । 

खलनायक जहाज मालिक 
टाइटानिक बनाउने कम्पनीका मालिक जे ब्रुसको बारेमा थुप्रै कहानीहरु छन् । सबैमा उनको कायरताको बारेमा बताइएको पाइन्छ । उनले जहाजका यात्री, बालबालिकालाई पहिला लाइफबोटमा चढाउनुको साटो आफैँ चढ्न पुगेका कारण उनको आलोचना भएको थियो । टाइटानिक ऐतिहासिक संस्थाका उपाध्यक्ष पल भन्छन्, यी आरोपको पछाडि अमेरिकी अखबार मालिक विलियम रेन्डोल्फ हस्र्टको पुरानो दुश्मनी हुनसक्छ । हस्र्टको अखबारमा मर्नेहरुको एउटा सूची थियो भने बाँच्नेको सूची पनि थियो, त्यसमा केवल उसको मात्रै नाम थियो ।

ब्रुसको अमेरिकामा आलोचना भएको थियो । तर टाइटानिकजस्तै फिल्ममा भने ब्रुसलाई खलनायक देखाइएको छ । सन् १९१२ मा बेलायतमा जहाज डुब्नुको कारणबारे जाँचबुझ गरिएको रिपोर्टअनुसार लाइफबोटमा बस्नुअघि ब्रुसले केही यात्रीलाई मद्दत पनि गरेका थिए । 
क्यामरनको फिल्मको लागि सल्लाहकारको रुपमा काम गर्ने ब्राउनका अनुसार ब्रुसले आफ्नो ज्यान बचाएकै कारण उनको खुबै आलोचना भएको थियो भने उनले सन् १९१३ मा अवकाश पाएका थिए । 

"हाउ टु सर्भाइभ द टाइटानिक : द सिकिंग अफ जे ब्रुस इसमे"का लेखक फ्रान्सेस विल्सनले भने ब्रुसलाई सहानुभूति दिँदै असाधारण परिस्थितिमा एउटा सामान्य मान्छे जस्तो हुन्छ, उनी पनि त्यस्तै भएको बताएका छन् ।

तृतीय श्रेणीका यात्री 
जेम्स क्यामरनको फिल्म टाइटानिकको एउटा भावुक दृश्य छ, जसमा तृतीय श्रेणीका यात्रीहरुलाई जहाजको तल जान रोकिन्छ र उनीहरुलाई लाइफबोटसम्म जान दिइँदैन । किंग्स कलेजका रिचर्ड हावेल्स भने यो कुराको कुनै ऐतिहासिक प्रमाण नभएको बताउँछन् । तृतीय श्रेणीका यात्रीलाई अन्य यात्रुसँग अलग्याई राख्न ढोकाहरु बनाएको नभई अमेरिकी आप्रवासन कानुनअनुसार संक्रामक बिरामीहरुलाई रोक्नको लागि बनाइएको हुँदा जहाज डुब्न लाग्दा पनि यसको ढोका बन्द गर्ने भन्ने नभएको बताए ।  तृतीय श्रेणीमा रहेकामध्ये सबै अमेरिका गइरहेका यात्री थिए । उनीहरुमध्ये आर्मेनिया, चीन, इटली, रुस, सिरिया र ब्रिटेनका यात्री रहेका थिए । 

हावेल्सका अनुसार ती यात्रीलाई अमेरिकी कानुनअनुसार ऐलिस द्वीप पुगेपछि स्वास्थ्य जाँच र आप्रवासनको लागि बाँकी यात्रीबाट अलग गरिएको थियो । सबै वर्गकालाई लाइफबोट दिइएको थियो । तर तृतीय श्रेणीमा भने लाइफबोट राखिएको थिएन । तृतीय श्रेणीका यात्रीलाई बाहिर निकाल्न यात्री आफैँले बाटो खोज्नुपरेको थियो । जहाजमा पहिला प्रथम श्रेणी र त्यसपछि द्वितीय श्रेणीका यात्रीलाई दिइएको थियो । 

पछि ब्रिटिश जाँच रिपोर्टमा टाइटानिक त्यो समय अमेरिकी आप्रवासन कानुनअनुसार काम भएको पत्ता चलेको थियो । सोही कारण तृतीय श्रेणीका यात्रीलाई जहाजको तल भागमा बन्द गरेको भन्ने आरोप गलत रहेको थाहा भएको थियो । यद्यपि ब्रिटिश जाँचमा कुनै पनि तृतीय श्रेणीका यात्री बयान दिन गएका थिएनन् । तर उनीहरुको प्रतिनिधित्व भने डब्ल्यूडी हरबिन्सन नामका वकीलले गरेका थिए । 

जब लाइफबोटमा जाने आदेश मिल्यो त्यसमा पहिला महिला र बच्चालाई जान भनिएको थियो । त्यसपछि १ सय १५ प्रथम श्रेणी र १ सय ४७ द्वितीय श्रेणीका पुरुष पछि हटेका थिए । जो पछि मरेर गए । 

अन्ततः यो मामिलामा तृतीय श्रेणीका मानिसलाई दोस्रो दर्जाको व्यवहार गरेको कुनै सबुत नपाइएको बताइएको छ । यद्यपि, तृतीय श्रेणीका एक तिहाइ भन्दा पनि कम यात्री बचेका थिए । तर लाइफबोटमा प्राथमिकता दिएको कारण बाँच्नेहरुको संख्यामा महिलाहरु बढी थिए ।

बीबीसी हिन्दीबाट । 

सम्बन्धित समाचार

एक सय छ वर्षअघि डुबेको 'टाइटानिक' जहाजबारे पाँच रोचक मिथहरु 

फिल्म टाइटानिक एउटा यस्तो रहस्यमय कहानी थियो कि त्यसको अन्त्यका कारण सधैँ चर्चामा रह्यो । फिल्मको अन्त्य दुःखद हुन्छ । जसमा प्रेमिकालाई बचाउन प्रेमीले ज्यान दिन्छ र प्रेमिका आफ्नो पूरा

चर्चित फिल्म ‘टाइटानिक’ फेरी रिलिज हुदै  

काठमाडौँ । हलिवुडको चर्चित फिल्म टाइटानिक सिनेमाघरमा फेरी प्रदर्शन हुने भएको छ । सन् १९९७ मा रिलिज भएको सुपरहिट फिल्म रिलिज भएको २० बर्ष पछि थ्रीडीमा रिलिज हुन् लागेको हो

टाइटानिकका ज्याक र रोजलाई सँगै देखेपछि फ्यान भए उत्तेजित 

हलिवुड फिल्म र टाइटानिक एक अर्का पर्याय नै भएका छन् । आज पनि हलिवुड फिल्मको कुरा गर्दा जो कोहीको मनमा टाइटानिक फिल्म र यसको रोमान्टिक जोडी ज्याक र रोजको याद आउछ