एथलेटिकोका स्ट्राइकर डिएगो कोष्टालाई करछलीको आरोप

खरीबोट

काठमाडौँ । स्पेनमा करछली प्रकरणमा पछिल्लो पटक एथलेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोष्टा मुछिएका छन् ।

कोष्टाले सन २०१४ मा एथलेटिको म्याड्रिडमा हुदा एडिडाससँग गरेको बुटको सम्झौताबापत पाएको ४ लाख युरोको कर नतिरेको विषयमा छानबिन सुरु भएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

सोहि समयमा कोष्टा एथलेटिको छोडेर प्रिमियर लिग क्लब चेल्सीमा आएका थिए । स्पेनिस कर अधिकारीहरुले चेल्सी आउनु अघि बर्षको ६ महिना कोष्टाले स्पेनमै गुजारेकाले उनले आधा बर्षको आय घोषणा गरेर कर तिर्नु पर्ने दाबि गरेका छन् ।

स्पेनमा करछली प्रकरणमा छानबिन गरिएका कोष्टा पहिलो खेलाडी भने होइनन् । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्ड को करछली प्रकरण अहिलेपनि अदालतमा रहेको छ भने लियोनेल मेसी, फल्काओ, पेपे, एन्जल डी मारिया, फाबिओ कोएनत्राओ, डेभिड बेकहम जस्ता खेलाडीहरुलाई करछलीको आरोपमा छानबिन गरिसकिएको छ ।
 
 

सम्बन्धित समाचार

एथलेटिको म्याड्रिड बराबरीमा रोकियो, उपाधि जित्न बार्सिलोनाले बराबरी खेले पुग्ने 

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिड बराबरीमा रोकिएको छ ।  गएराती रियल बेटिसविरुद्ध भएको खेलमा एथलेटिको बिना कुनै गोल बराबरीमा रोकिएपछि अब बार्सिलोनालाई ला लिगाको उपाधि जित्न खेल बराबरी खेले

इनेस्टाले बार्सिलोना छोड्दै, ला लिगाले गर्यो खुलासा 

काठमाडौं । बार्सिलोनाका लिजेण्ड प्ले मेकर आन्द्रे इनेस्टाले क्लब छोड्ने रिपोर्ट आएको छ ।  गएराती भएको कोपा डेल रेको उपाधि जिते पछि इनेस्टाले क्लब छोड्ने रिपोर्ट आएको हो । उनले यस

सोसियडाडसँग एथलेटिको पराजित, उपाधिका लागि बार्सिलोना एक जित टाढा 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एथलेटिको म्याड्रिड पराजित भएको छ ।   गएराती भएको रियल सोसियडाडसँगको खेलमा एथलेटिको ३-० गोल अन्तरले पराजित भएको हो ।   एथलेटिकोको पराजयको फाइदा लिगको शिर्ष

बिल्बाओसँग रियल म्याड्रिड बराबरीमा रोकियो, रोनाल्डोले गोल गर्दै हारबाट जोगाए 

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।  गएराती एथलेटिक बिल्बाओसँगको खेलमा खेलको अन्तिम समयमा गोल गर्दै म्याड्रिड हारबाट जोगिएको हो ।  रियल म्याड्रिडका लागि खेलको ८७औ मिनेटमा