उत्तर कोरियाका नेता किम र चिनियाँ नेताबीच भेटवार्ता

खरीबोट

सोल ।  उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् । 

उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो । 

उक्त उच्चस्तरीय भेटका क्रममा दुई देशको आपसी सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ । 

उत्तर कोरियाली नेता उनले केही हप्ता अगाडि चीनको अप्रत्याशीत भ्रमण गरी राष्ट्रपति सी जिनपीङसँग पनि भेटवार्ता गरेका थिए । उनीहरूको भेटवार्ताको विषयलाई लिएर अमेरिका लगायतका देशहरूले चासो व्यक्त गरेका थिए भने विश्वभर नै चर्चाको विषय बनेको थियो । 

पछिल्लो समयमा उत्तर कोरिया अन्तर्राष्ट्रिय सम्बन्ध विकासको काममा केही उदार देखिएको छ । 

आणविक क्षेप्यास्त्रको बारम्बार परीक्षणका कारण विश्व समुदायबाट अलग्गिएको उत्तर कोरिया यतिखेर भने भेटवार्ताको कूटनीतिमा अग्रसर भएको देखिएको चर्चा शुरु भएको छ । 

सम्बन्धित समाचार

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ ।  गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका क्रममा

उत्तर कोरियाली नेता किम तीन महिनामा तेस्रो पटक चीन जाँदै

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाएको खबर छ । उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लागेका हुन् ।  सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले

शिखर बैठकमा किमको प्रदर्शनबाट उत्तर कोरियामा खुशीयाली

प्योङयाङ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने एक दुई महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए । कल्पनै नगरेको कुरा,

उत्तर कोरियाका जनताले ट्रम्प र किमको वार्ता हेर्न पाएनन्, किन ? 

मंगलबार पूरै विश्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनबीच भएको ऐतिहासिक भेटवार्ता हेर्न टिभी स्क्रिनिंगमा व्यस्त भयो । कतिपय च्यानलहरुले लाइभ नै सिंगापुरमा भएको शिखरसम्मेलनको