• २०८१ बैशाख ४ मंगलबार

बुद्धकृष्ण बाग श्रेष्ठले छैटौँ पटक जिब्रो छेडाए 

kharibot

भक्तपुर । भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले यसबारे जानकारी दिँदै बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेडेका हुन् । 

यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडेका उनकी आमाको निधनपछि बोडेका जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेडे भने गतवर्ष पुनः जिब्रो छेडेका भएका बुद्धकृष्णले यसवर्ष छैटौँ पटक जिब्रो छेडेका हुन् । 

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर वैशाख २ गते मध्याह्नमा कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ । 

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ । 

यस अघि जिब्रो छेड्ने बताउँदै उनले “विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेको थियो, त्यहीवर्ष मैले जिब्रो छेडेँ, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गएँ, उताबाट फर्किएपछि निरन्तर कोरिया–नेपाल मैत्री अस्पताल ठिमीको अस्पतालमा एम्बुलेन्स चलाई रहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवान प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि आठ वर्षपछि जिब्रो छेड्ने निर्णय गरेको हुँ ।”बताएका थिए ।   

त्यसअघि अर्थात २०६२ साल अगाडि उहाँकै दाजू कृष्णचन्द्र बागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै