बुद्धकृष्ण बाग श्रेष्ठले छैटौँ पटक जिब्रो छेडाए 

खरीबोट

भक्तपुर । भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले यसबारे जानकारी दिँदै बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेडेका हुन् । 

यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडेका उनकी आमाको निधनपछि बोडेका जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेडे भने गतवर्ष पुनः जिब्रो छेडेका भएका बुद्धकृष्णले यसवर्ष छैटौँ पटक जिब्रो छेडेका हुन् । 

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर वैशाख २ गते मध्याह्नमा कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ । 

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ । 

यस अघि जिब्रो छेड्ने बताउँदै उनले “विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेको थियो, त्यहीवर्ष मैले जिब्रो छेडेँ, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गएँ, उताबाट फर्किएपछि निरन्तर कोरिया–नेपाल मैत्री अस्पताल ठिमीको अस्पतालमा एम्बुलेन्स चलाई रहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवान प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि आठ वर्षपछि जिब्रो छेड्ने निर्णय गरेको हुँ ।”बताएका थिए ।   

त्यसअघि अर्थात २०६२ साल अगाडि उहाँकै दाजू कृष्णचन्द्र बागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेका थिए ।
 

सम्बन्धित समाचार

मध्यराति बिस्केट जात्रामा ढुंगा हानेर जात्रा बिथोल्न खोज्ने १३ जना पक्राउ

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २:१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुँगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११

नौ दिन लामो बिस्केट जात्रा सम्पन्न

भक्तपुर ।  भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा गए रातिदेखि सम्पन्न भएको छ ।  गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ गःहिटीबाट रथ तानेर सम्पन्न

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्केट जात्रामा हजारौको भीड

भक्तपुर । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रशिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ ।  परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो

आठ रात नौ दिन मनाइने बिस्केट जात्राभित्रका जात्राहरु

भक्तपुर ।  नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसिँख्यःमा ५५ हात लामो यसीँ (लिंगो)