• २०८१ बैशाख ६ बिहीबार

मान्छेले पौडिँदै गरेको किनारामा अजंगको माछा आएपछि...

kharibot

तस्बिर : Caters News Agency/Mirror UK

उत्तर अमेरिका । मेक्सिकोको एउटा चर्चित सामुद्री किनारामा मानिसहरु पौडेकै ठाउँमा विशाल ह्वेल शार्क माछा आएको भिडियो अहिले अनलाइनहरुमा चर्चित बनिरहेको छ ।

विश्वकै विशाल माछा मानिने ह्वेल शार्क समुद्रको पिँधबाट माथि आउने क्रममा मानिसहरु पौडिरहेकै ठाउँमा देखिएको छ । 

उक्त भिडियो र तस्बिरचाहिँ ड्रोनद्वारा खिचिएको जनाइएको छ । मेक्सिकोको बाजा क्यालिफोर्निया सरको किनारामा यो भिडियो खिचिएको हो । मानिसहरु यो स्थानमा पौडिन आउने गरेका छन् ।

 एरियल सिनेम्याटोग्राफर टार्सिसियो सानुदो सुआरेजका अनुसार यो एकदमै विशेष क्षण थियो । एकाएक विशाल माछा निस्किएपछि उनी चकित भएका थिए । उनी त्यतिबेला डुंगामा  रहेका थिए । 

ह्वेल शार्कहरुले मानिसलाई कुनै नोक्सानी नपुर्याउने उनीहरुको भनाइ छ । यो प्रजातिका माछा विश्वकै ठूला माछा हुन् । यी माछाहरु १२.५ मिटर लामा र ७९ हजार पाउण्ड तौलसम्मका हुन्छन् भने यिनीहरुको आयु ७० वर्षको हुन्छ । 

  • मिरर युकेबाट ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै