हिजो र आजका कथा’ बजारमा

खरीबोट

काठमाडौँ । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई दुई कथा छन् । डिकुरा पब्लिकेशनद्वारा प्रकाशित २९४ पृष्ठमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भागीरथी श्रेष्ठ, भाउपन्थी, मञ्जु काँचुली, मनु ब्राजाकी, विश्वम्भर चञ्चल, परशु प्रधान, पद्मावती सिंह, चन्द्रकला नेवा, धु्रव सापकोटा, अनिता तुलाधर, बाबा न्यौपाने, राजेन्द्र विमल, राजेन्द्र थापा, शैलेन्द्र साकार र हरि अधिकारीका कथा छापिएका छन् । 
नेपाली साहित्यमा कथा लोकप्रिय विधामै पर्छ । गुरु प्रसाद मैनालीलाई नेपाली कथाको आदर्श मानिन्छ । क्रमशः पुष्करशम्शेर, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षुलगायत कथाकारले कथा प्रवद्र्धनमा ठूलो टेवा दिए । 
पुस्तकमा छापिएर चर्चा कमाइसकेका र लोकप्रिय भइसकेका कथा समाविष्ट छन् जसका कथाकार हिजो र आजसम्म पनि क्रियाशील छन् । तिनको यही क्रियाशीलताको तस्वीर सो सङ्ग्रह रहेको कृतिका सम्पादक विमल भौकाजीले बताए । 
“खास गरेर कोही समीक्षक वा समालोचकले कुनै कथाको विषयमा लेखिइिसकेपछि वा बोलिदिइसकेपछि मात्र त्यसलाई पाठकले पढ्ने प्रचलन मौलाइरहेको स्थिति छ । हामीले यो कथासङ्ग्रहमार्फत पाठकलाई अलिक भिन्नै बाटो हिँडाउने प्रयास गरेका छौँ, ताकि समीक्षक–समालोचकले थोपरेको बाध्यताबाट पाठक वर्ग मुक्त होस्”, उनले भने । पुस्तकको मूल्य रु ४४५ छ ।

सम्बन्धित समाचार

हरिभवन नभत्काउन भन्दै सम्पदा बचाऊ अभियानकर्ताको प्रदर्शन 

काठमाडौँ  ।  केही दिनदेखि ऐतिहासिक हरिभवन भत्काउने चर्चा चलेपछि सम्पदा बचाऊ अभियानकर्ताले दरबार नभत्काउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् ।  शुक्रबार बागदरबार अगाडी प्रदर्शन गर्दै उनीहरुले पुरातात्विक हरिभवन नभत्काउन आग्रह गरेका

गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो

 बाँके / जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार

मलाई अपहरण शैलीमा काठमाडौं ल्याइयो - डा. गोविन्द केसी 

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले शिक्षण अस्पतालमा पुगेपछि पत्रकार सम्मेलन गरेका छन् ।  पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले क्रुरतापूर्वक आफ्नो इच्छा विपरित अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं

जुम्लामा घाइते भएका प्रहरी जवानलाई हेलिकप्टरमा काठमाडौँ लगियो  

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान कमल शर्मा उपाध्यायलाई थप उपचारका  लागि काठमाडौं लगिएको छ ।  घाइते कमललाई फिस्टेल एयरको हेलिकप्टरबाट