‘द लिगेसी अफ द कोरियन वार’ : जसका कारण उत्तर कोरियाले अमेरिकालाई अझै घृणा गर्छ

खरीबोट
ad

आजभन्दा ६४ वर्षअघिको बिहीबार कोरियाली युद्धको ‘पज बटन’(स्थगन) थिचिएको थियो । युद्धको सुरुवाती तीन महिनामै कोरियाली युद्धले दशौँ लाख मानिसको ज्यान लिइदियो र कोरियन पेनिनसुला सधैँका लागि परिवर्तित हुनपुग्यो ।

‘हामी त्यहाँ गयौँ र युद्ध लड्यौँ, उत्तर कोरियाका हरेक सहर जलाइदियौँ । त्यसमा केही सहरहरु दक्षिण कोरियाका पनि परे’, अमेरिकी एयरफोर्सका पूर्वकमाण्डर जनरल कर्टिस लेमेले सन् १९८८ मा एयरफोर्स मिलिटरी हिस्ट्री भोल्युमलाई दिएको एक अन्तर्वार्तामा भनेको अंश हो यो । सन् १९५३ को जुलाई २७ मा उक्त युद्धविराम सम्झौतामा हस्ताक्षर गरिएको थियो । त्यतिबेला ९६ लाख जनसंख्या भएको उत्तर कोरियाले युद्ध सुरु गरेको थियो, जुन युद्धले १३ लाख सर्वसाधारण र सैनिकहरु घाइते भएको अमेरिकी एयरफोर्सको तथ्यांक छ । यस्तै दक्षिण कोरियातर्फ ३० लाख सर्वसाधारण र दुई लाख २५ हजार सैनिकहरु घाइते भएका थिए । यो भनेको सन् १९५० मा कुल जनसंख्याको दुई करोड दुई लाखको हाराहारीमा हो ।

फिल्ड अस्पतालमा घाइते सहकर्मीको स्वास्थ्यलाभको कामना गर्दै एक अमेरिकी सैनिक । तस्बिर : कोरियन वारको फुटेज[/caption]


उक्त युद्धकै बेला संयुक्त राष्ट्रसंघीय कमाण्डको प्रमुख कमाण्डर बनेका अमेरिकी सेनाका चर्चित अनुहार जनरल डग्लास म्याक आर्थुरले सन् १९५१ मा सभामा सुनुवाइका क्रममा यति ठूलो मानवीय क्षति जीवनमै नदेखेको बताएका थिए । ‘म त डरैडरमा डुबेँ, कोरियामा भएको आम नरसंहार म शब्दमा बताउनै सक्दिनँ’, उनले भने, ‘मैले देखेको, मेरो अनुमानमा, म अन्तिमचोटि त्यहाँ रहँदा जीवित मानवीय क्षति र रक्तपातले मेरो पेटका सारा मांसपुञ्ज कँपाइदिएको थियो ।’

जनरल डग्लास म्याक आर्थुर (बीच), युद्धभूमिमा । तस्बिर : कोरियन वारको फुटेज[/caption]


दोस्रो विश्वयुद्ध सकिएको मात्र पाँच वर्षपछि यो युद्ध सुरु भएको थियो । युद्धमा ३३ हजारभन्दा बढी अमेरिकीहरु मारिएका थिए भने आफ्नो मित्रराष्ट्रलाई सहयोग गर्न पुगेका छ लाख चिनियाँ सैनिकहरु कि हराए कि मारिए । चिनियाँ र अमेरिकीहरु त युद्धपछि आआफ्नो देश फर्किए तर उत्तर कोरियालीहरु भने युद्धमै रुमलिए । उनीहरुको पूर्ववर्ती भौतिक पूर्वाधारहरु भत्किए, नासिए भने सबै सहरहरु पूर्णरुपेण ध्वस्त हुनपुगे ।

सन् १९५० मा अमेरिकाले प्योंगयांगमा आक्रमण गरेपछि भत्केको घरको भग्नावशेष नजिकै बच्चा बोकेकी एक जना उत्तर कोरियाली महिला । तस्बिर : कोरियाली युद्धको फुटेज[/caption]


यति हुँदाहुँदै पनि सम्झौताको त्यो दिनले अमेरिकामा अर्थ राख्छ । अब अमेरिकाले आफ्ना नागरिकलाई बिहीबारदेखि नै उत्तर कोरिया भ्रमणमा रोक लगाउने प्रक्रिया सुरु गरेको छ । अहिले किम इल सुंग, किम जोंग इल दोस्रो र उनका नाति किम जोंग उन जो अहिले सत्तामा छन्, उनीहरुको लागि त्यही युद्धबाट प्राप्त सन्त्रासको नवीकरण प्रोपागाण्डाको रुपमा अझै बाँकी छ उत्तर कोरियामा ।

'निःसन्देह अपराध'

उत्तर कोरियालीमाथि सर्वनाश माथिबाट आयो । संघर्षका दौरान अमेरिकी एयरफोर्सले ठूलो एयरक्याम्पेन गरेको थियो । त्यतिबेला अमेरिकी विमानहरुले छ लाख ३५ हजार टनभन्दा धेरै विष्फोटक पदार्थ उत्तर कोरियामा खसाएका थिए । त्यसमा ३२ हजार टनभन्दा धेरै नापाल्म रहेको इतिहासकार चाल्र्स आर्मस्ट्रंगको भनाइ छ ।

त्यही डरलाग्दो बमबारीको कारण उत्तर कोरियाली सरकारले उत्तर कोरियालीहरुको ध्यान एकत्रित गर्न सफल भएको छ । त्यसकै फलस्वरुप अमेरिकाले पुनः त्यसै गर्ने भय देखाएर अमेरिकालाई उत्तर कोरियाली माझ अहिले पनि शत्रुका रुपमा परिभाषित गराउँदै आएको छ ।

सन् १९५३ मा कोरियाली युद्धमा अमेरिकी सेनाहरु हेलिकोप्टरबाट जमिनमा उत्रिँदै । तस्बिर : कोरियन वारको फुटेजबाट ।[/caption]


‘उत्तर कोरियामा अमेरिकाले गरेको उक्त बमबारीलाई निःसन्देह अपराध भनेर प्रोपागाण्डा गरिँदै आएको छ’, दक्षिण कोरियाको पुसान नेशनल युनिभर्सिटीका राजनीति शास्त्रका प्राध्यापक रोबर्ट ई केली भन्छन्, ‘यो अहिले राजनीतिक टुल भएको छ । जापानीहरुको उपनिवेशलाई पनि ठ्याक्कै यसरी नै प्रयोग गरिएको छ ।’

'एउटा रगतको समुद्र'

धेरै इतिहासविद्हरु किमले दक्षिणमाथि आक्रमण गरेपछि उक्त युद्ध सुरु भएको बताउँछन् तर उत्तर कोरिया भने आफ्ना नागरिकहरुलाई अमेरिकाले युद्ध सुरु गरेको पाठ पढाउँदै आएको छ । साथसाथै उत्तर कोरियालीहरुको रक्षा केवल किम परिवारले मात्रै गर्न सक्ने भ्रम आमतहमा छर्दै आएको छ ।

यतिमात्र हैन उत्तर कोरियाले अमेरिकालाई जन्मजात घृणा गर्न सिकाउँदै आएको छ आफ्ना नागरिकलाई । ससाना बालबालिकाहरु अमेरिकाविरोधी मार्सल तस्बिरहरु हेरेर हुर्किइरहेका हुन्छन् भने मिडियाहरु अमेरिकी सेनाको भिडियोहरु रिलिज गर्ने गर्दछन् । कोरियाली युद्ध सुरु भएको वार्षिकोत्सवको दिन हो जुन २५ अर्थात् द डे अफ स्ट्रगल अगेन्स्ट यूएस इम्पेरियालिज्म (अमेरिकी साम्राज्यवादविरुद्धको संघर्षको दिन) ।

१८७औँ एयर रेजिबोन्टल अमेरिकी कम्ब्याट टिम सन् १९५१ मा दक्षिण कोरियामा प्यारा जम्प अभ्यास गर्दै । तस्बिर : कोरियन वारको फुटेज [/caption]


किम इल सुंग जसले उनीहरुलाई युद्धमा लगे, उनलाई उत्तर कोरियामा भगवानको रुपमा लिइन्छ । उनैलाई देशको आइडियोलजी, स्वाभिमानी र कोरियन पेनिनसुलालाई जापानीबाट छुटाउने स्वतन्त्रता सेनानीका रुपमा लिइन्छ । धेरैजसो कविताहरु उनका खातिर लेखिन्छन् उत्तर कोरियामा ।

उत्तर कोरियाको धेरै महत्वपूर्ण सांस्कृतिक कार्यहरुमा ‘द सि अफ ब्लड’ अर्थात् ‘रगतको समुद्र’ भन्ने एउटा नाटकलाई उदाहरणको रुपमा लिन सकिन्छ । यस नाटकले एउटा गरिब किसानको कथा भन्छ, जो जापानी पेसाविरुद्ध लड्न युद्धमोर्चामा जान्छ ।

सन् १९५० मा एक जना अमेरिकी सेना सहकर्मीलाई सम्झाउँदै । तस्बिर : कोरियाली युद्धको फुटेजबाट[/caption]


फलतः उसको मृत्यु हुन्छ तर उसकी श्रीमती कम्युनिष्ट प्रतिरोधी संगठनमा सामेल हुन्छिन् जापानीहरुलाई पराजित गर्न । हिंसालाई जोड दिने त्यो नाटकले बलियो जातीय नारा बोकेको छ । उत्तर कोरियासम्बन्धी जानकारहरुले त्यही नाटकलाई उत्तर कोरियालीलाई राष्ट्रवादी, स्वतन्त्र र उत्सुक बनाउने आधारका रुपमा व्याख्या गर्ने गर्छन् । यसलाई कोरियामा जुचे आइडियोलजी पनि भनिन्छ जसलाई किमले उत्तर कोरियालीहरुको अवचेतनमा पहिलोचोटि सन् १९५० देखि परिचित गराएका थिए । प्रोपागाण्डाहरु जस्तै सी आफ ब्लडको प्रचारबाजी तथा उनीहरुलाई बाहिरी संसारको सूचना लिनबाट वञ्चितीकरण गरिँदा त्यसले जुचे आइडियोलजी (विचार) लाद्न धेरै हदसम्म मद्दत गरेको छ ।

सन् १९५० को सेप्टेम्बर, एक दक्षिण कोरियाली बालिका इन्चेन सहरमा रुँदै । तस्बिर : कोरियन वारको फुटेज[]


आणविक हतियार

त्यो मानसिकता सरकारसम्मै छ । उत्तर कोरियाको संविधानले नै राष्ट्रिय रक्षा भनेकै सर्वोच्च कर्तव्य र नागरिकको सम्मान हो भन्छ । त्यस्तै उक्त देश ‘संगन’द्वारा शासित छ अर्थात् मिलिटरी फष्र्ट(सेना पहिलो) नीति जसले हतियारबन्द सेनालाई सर्वोच्चता प्रदान गर्दछ ।

जब उत्तर कोरियाको आणविक र क्षेप्यास्त्रसम्बन्धी कार्यक्रम आउँछ, किम नेताका रुपमा हुन्छन्, लिबियाका मुएमार गद्दाफीजस्तै जसले सुरक्षा ग्यारेन्टीका लागि आणविक हतियारको सपना देखेको थियो तर अन्त्यतः मारिनुपर्यो । उत्तर कोरियाली शासक पनि आफ्नो सैन्य अस्तित्व कायम राख्न यस्तै हतियारको खोजीमा हिँडिरहेको छ । सोही कारण सबैभन्दा धेरै बजेट रक्षा क्षेत्रमै खर्चिँदै आएको छ किम सरकारले । अमेरिकी आक्रमणबाट जोगाउन यसो गरिनु आवश्यक रहेको यसका नागरिकहरुलाई बताइँदै आएको छ ।

बारम्बारको क्षेप्यास्त्र परीक्षण र त्यसबाट पाएको सफलताले उत्तर कोरिया आणविक हतियारबन्द क्षेप्यास्त्र आविष्कारको निकै नजिक पुगिसकेको छ । यही महिनाको सुरुमा यसले अन्तर्महादेशीय क्षेप्यास्त्रको सफल परीक्षण पनि गरिसकेको छ । उसको एउटै उद्देश्य भनेको अमेरिकाको मुटुमा क्षेप्यास्त्र प्रहार गर्ने हो । उसले अमेरिका र यसका सहयोगी देशहरु दक्षिण कोरिया, जापानहरुलाई बारम्बार चेतावनी दिँदै आएको छ ।

- सीएनएनबाट अनुदित

सम्बन्धित समाचार

हर्नानडेजको ऐतिहासिक गोलसँगै मेक्सिको विश्वकपको दोस्रो चरणमा, दक्षिण कोरिया बाहिरियो 

काठमाडौँ । विश्वकप फुटबलमा मेक्सिकोले दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा मेक्सिकोले एशियाली देश दक्षिण कोरीयालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।  जितसंगै मेक्सिको विश्वकपको दोस्रो चरणमा

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीको निधन

सोल  । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ ।  राजधानी सोलमा शनिबार ९२ बर्षको उमेरमा उहाँको निधन भएको उहाँका सहयोगीहरुले जनाएका छन् ।  दक्षिण

उत्तर कोरियाली नेता किम तीन महिनामा तेस्रो पटक चीन जाँदै

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाएको खबर छ । उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लागेका हुन् ।  सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले

एसियाली खेलका लागि दुई कोरियाको संयुक्त टोली बन्ने

सोल । दक्षिण कोरिया र उत्तर कोरियाले आउदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन् ।  आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु मध्ये केही खेलहरुमा उनीहरुले संयुक्त टोली