• २०८१ बैशाख १४ शुक्रबार

सिद्धार्थलाई बिर्सन नसकेकी आलिया 

kharibot

मुम्बई । बलिवुडमा हिरो हिरोइनको अफयेर्स र ब्रेकअपको चर्चा फिल्ममा गरेको कामको भन्दा बढी चर्चा हुने गर्दछ । 

यसैबीच अहिलेकी चर्ह्चित हिरोइन आलिया भट्टले सिद्धार्थ मलहोत्रासँग ब्रेकअप गरेको चर्चाले मिडियामा राम्रो ठाउ पायो । 

आलियाले केहि समय अघिनै एक पत्रिकामा अन्तर्वार्ता दिदै आफु अहिले सिंगल रहेको बताएकी थिइन् । सिद्धार्थले पनि घुमाउरो पारामा आलियासँग ब्रेकअप भएको स्वीकार गरेका थिए ।  

ब्रेकअप भएको बर्षदिन हुन् लाग्दा आलिया र सिद्धार्थको चर्चा फेरी एक पटक भएको छ । हाल आफ्नो आउदै गरेको फिल्म राजीको प्रमोशनमा जुटेकी आलियाले शनिबार फेसबुकमा लाइभ कुराकानी गर्दै ‘सिद्धार्थ’ नाम आफुलाई निकै मन पर्ने बताएर पुरानो प्रेमी सिद्धार्थको याद गरेकी छन् । उनले फेसबुक लाइभमा आफुले सिद्धार्थ कदम नामको व्यक्तिसँग कुरा गर्न चाहन्छु किनकी आफुलाई सिद्धार्थ नाम निअकी राम्रो लाग्छ भन्दै पुरानो प्रेमीलाई अझै विर्सन नसकेको झल्को दिएकी थिइन् ।

सिद्धार्थ र आलियाले करण जोहरको फिल्म स्टुडेन्ट अफ द इयरबाट सन २०१२ मा बलिवुडमा डेभ्यु गरेका थिए । दुवैले आफ्नो ६ बर्षको क्यारियरमा निकै राम्रा फिल्ममा काम गरेका छन् । सो फिल्म पछि दुवैले एक साथ कपुर एण्ड सन्समा पनि सँगै काम गरेका थिए ।

दुवैले चर्चित फिल्म सडकको रिमेकमा काम गर्ने चर्चा चलेपनि आलियासँगको ब्रेकअप पछि सिद्धार्थ सो फिल्मबाट आउट भएको बताइएको छ ।


 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै